पथरी, ४ फागुन / पथरी शनिश्चरे नगरपालिका कार्यसम्पादनमा मोरङमा दोस्रो भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजामा पथरी शनिश्चरे नगरपालिकाले उत्कृष्ट उपलब्धि हासिल गर्दै दोस्रो बनेको हो । नगरपालिका र गाउँपालिकामध्येबाट भनें पथरी शनिश्चरे पहिलो भएको देखिएको नगरका प्रवक्ता नविन कार्कीले जनाउनु भयो । जिल्लाभरिका १७ पालिकामध्ये समग्रतामा विराटनगर महानगरपालिका पहिलो बनेको छ । विराटनगरले ७८.११ अंक प्राप्त गरेको छ ।

नगर प्रमुख मोहनप्रसाद तुम्बापो र उपप्रमुख देवीमाया काफ्ले नेतृत्वको टोलीले गरेको स्थानीय तहको सेवा प्रवाह, विकास निर्माण, आर्थिक पारदर्शिता, योजना कार्यान्वयन तथा समग्र प्रशासनिक कार्यक्षमताको आधारमा आयोगले मूल्याङ्कन गर्दा पथरी शनिश्चरेले ७४.६ प्रतिशत अंक प्राप्त गरेको छ । उर्लाबारीले ७४.२७ अंक प्राप्त गरी तेस्रो स्थान हासिल गरेको छ ।









