निर्वाचनको माहोल तातिदै

ओली र साहको दमकमा घरदैलो अभियान सुरु

मतदातासँग प्रत्यक्ष संवादले अन्य उम्मेदवारहरू ओझेलमा—

दमक,४ फागुन । झापाको क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल थप तातेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले दमकमा नै चुनाव केन्द्रित घरदैलो सुरु गर्नुभएको छ । सोमबार बिहानैदेखि ओली र साह दुवै जना निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त रहनुभएको छ । ओली आज दमकका मुख्य बजार तथा भित्रि चोकहरूमा मतदातासँग र साह सुकुम्वासी तथा भित्रि गाउँहरूमा रहनुभएको छ । एकैसाथ एउटै नगरमा उहाँहरूको घरदैलो आजबाट सुरु भएको हो ।

आज १० भन्दा बढी स्थानहरूमा ओलीको भेटघाट तथा मतदाताको गुनासो सुन्ने स्थलहरू तय गरेर सोही अनुसार निर्वाचन प्रचारप्रसार सुरु गरिएको निर्वाचन परिचालन समिति अन्तर्गतको प्रचार–प्रसार समितिका संयोजक इन्द्र भण्डारीले जानकारी दिनुभयो । रास्वपाका नेता भेषराज भट्टराईका अनुसार साह सोमबार बिहानैदेखि घरदैलोमा पुगेर मतदाताका कुरा सुनिरहनु भएको छ ।

स्थानीयहरूले उम्मेदवारहरूसँग धनीपुर्जा लगायतका समस्याहरू राख्ने गरेका छन् । नेपाली कांग्रेसकी नेतृ मन्धरा पौड्याल, नेकपाका नेता रञ्जित तामाङ, राप्रपाका लक्ष्मी संग्रौला लगायतका उम्मेदवारहरू पनि घरदैलोमा रहनुभएको छ । ओली र साहको चर्चाले अन्य उम्मेदवारहरू ओझेलमा रहनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।