दमक, ५ फागुन । हर्क साम्पाङ नेतृत्वको श्रम सस्कृती पार्टीले आज दमकमा आमसभा आयोजना गरेको छ ।
बिहान ११ बजे पार्टी अध्यक्ष हर्क साम्पाङको उपस्थितिमा आमसभा गर्न लागिएको हो ।
पार्टीको एजेन्डा र मुल मुद्दा जनतालाई बताउन झापा ५ का उम्मेदवार समीर तामाङ सहित पशुहाटको खुल्ला स्थानमा आमसभा आयोजना गरिएको पार्टीका सन्त किराँतीले जानकारी दिनुभयो ।
आमसभामा यस क्षेत्रका हजारौ नागरिक सहभागी गराइने उहाँले बताउनु भएको छ ।









