अध्यक्ष ओली समक्ष मतदाताको माग– सिंचाई र बुद्धमूर्ती

दमक, ५ फागुन, २०८२। झापाको निर्वाचन क्षेत्र नं. ५ को उत्तरी क्षेत्रका बासिन्दाले सिँचाईको सुविधा उपलव्ध गराई दिन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गरेका छन् । आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि यसै निर्वाचन क्षेत्रका उम्मेद्वार समेत रहनु भएका ओली मंगलबार स्थानीयसँगको भेटघाटका लागि पुग्नु भएको समयमा उनीहरुले सो माग गरेका हुन् । विगतमा सडक, विद्युत, खानेपानी लगायतको सुविधा ओलीकै पहलबाट प्राप्त भएको भन्दै बाँकि सुविधा पनि ओलीकै प्रयासबाट प्राप्त हुनेमा आशावादी रहेको दमक ३ का डिकेन्द्र घिमिरेले बताउनुभयो ।

दमक ३ को दुम्सेमा भएको भेटघाटका क्रममा स्थानीयले सो क्षेत्रमा निर्माणको प्रकृयामा रहेको बिराट बुद्धमुर्ती सहितको पार्कलाई गति दिन पनि आग्रह गरेका छन् । दमकको दक्षिणी क्षेत्रमा औद्योगीक पार्क, मध्य भागमा भ्युटावर र उत्तरी भेगमा बुद्धमूर्ती सहितको पार्कले दिर्घकालिन रुपमा दमकलाई अन्तर्राष्ट्रिय औद्योगीक र पर्यटकीय सहरको रुपमा विकास गर्ने स्थानीयबासीको अपेक्षा छ ।
अध्यक्ष ओलीले सोमबार समेत दमकका विभिन्न वडा र टोलका मतदाताहरुसँग भेटघाट गर्नु भएको थियो । आज (मंगलबार) समेत उहाँ दमकका विभिन्न स्थानमा हुने भेटघाट र छलफलमा व्यस्त रहनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।