कार्यकर्ता अनविज्ञ

झापा–५ का उम्मेदवार बालेन्द्र शाह अचानक काठमाडौं प्रस्थान

विराटनगर,५ फागुन । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा ५ बाट उम्मेदवार बन्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) का वरिष्ठ नेता बालेन शाह काठमाडौँ हिँडनु भएको छ् । मंगलबार बिहान एक घण्टा आफ्नो निर्वाचन क्षेत्रमा मतदाता भेटघाटपछि स्थानीय कार्यकर्तालाई कुनै जानकारी नदिई काठमाडौँ जान उहाँ विराटनगर आइपुग्नु भएको छ । बालेन विराटनगर विमानस्थल नजिकैको एक होटलमा विमान पर्खिरहनु भएको छ । बालेन झापाबाट काठमाडौंको लागि हिँँडेको झापाका रास्वपा कार्यकर्ताले भने कुनै जानकारी नै नपाएको बुझिएको छ । झापा–५ का रास्पपा संयोजक भेषराज भट्टराईले बालेन काठमाडौँ फर्किनेबारे जानकारी नभएको बताउनु भयो ।

 

‘उहाँ काठमाडौँ फर्किने कुरै थिएन, काठमाडौँ जानु भएको हो ?’ उहाँले उल्टै प्रश्न गर्नु भएको छ । काठमाडौं जानेबारे आफूहरुलाई कुनै जानकारी नदिएको उहाँको भनाइ छ । मंगलबार विहान दमकको चिया बगान क्षेत्रका सकुम्बासी बस्तीमा पुग्नु भएको उहाँ त्यहिँँबाट विराटनगर आइपुगनु भएको छ् । सोमबार दिनभर झापा क्षेत्र नम्बर ५ का विभिन्न ठाउँमा पुग्नु भएको बालेनलाई स्थानीय मतदाताले भूमिहीन तथा सुकुमवासी समस्या, शिक्षा, स्वास्थ्य तथा सडक पूर्वाधारका विषयमा कुरा राखेका थिए। यसअघि चुपचाप हात हल्लाउँदै हिँड्ने गरेका उहाँलाई मतदाताले लागातार प्रश्न गर्न थालेपछि भने बोल्न थाल्नु भएको छ ।

 

सुकुम्बासी बस्तीमा पुग्नु भएको उहाँलाई स्थानाीयले धनीपूर्जा कहिले पाइन्छ भन्ने प्रश्न गरेका थिए । यसअघि सरकारले भुमी आयोगलाई भर्तिकेन्द्र बनाउँदा सकुमबासी समस्या समाधान नभएको बताउँदै आएका उहाँले दमकका सुकुम्बासीलाई भने सुकुम्बासी समस्या समाधान गर्न समय लाग्ने बताउनु भयो । ‘धनीपुर्जा दिलाउनको लागि भूमि आयोगसँग महानगरको मेयरमा जाने बेलैमा हामीले सम्झौता गरेका थियौँ। ३ महिनाभित्र हामीले सम्झौता गरिसकेका थियौँ। तर सरकार तीन–तीन र छ–छ महिनामा परिवर्तन भइरहने भएकोले काम हुन पाएन’ उहाँले भन्नु भयो।

काठमाडौँमा सुकुम्वासीहरूलाई लखेटेको आरोप खेप्नु भएका बालेनलाई त्यसबारे पनि झापा ५ का मतदाताले प्रश्न गरेका छन् । उहाँले सुकुमबासी नलखेटेको दावी गर्दै खोला किनारमा जोखिम हुने भएकोले उनीहरुलाई हटाएको जवाफ दिनु भएको थियो । तर, हटाएर उनीहरुलाई कहाँ व्यवस्थापन गरियो भन्ने उहाँले जवाफ दिनु भएन् ।

झापाकै अर्का मतदाताले बालेनलाई वैदेशिक चलखेलबारे प्रश्न गरेका थिए । उहाँले आफू मेयर हुँदा पनि बैदेशिक चलखेल भोगेको बताउँदै त्यहि कारण काठमाडौंको फोहोरको समस्या समाधान गर्न नसकेको हाँस्यास्पद जवाफ दिनु भएको थियो । आफ्नो कमजोरी ढाकछोप गर्न वैदेशिक चलखेलको कुरा गरेको भन्दै उहाँको आलोचना हुँदै आएको छ ।

सरकार बनाउँदा अन्तर्राष्ट्रिय चलखेल हुनसक्छ, तपाईँको योजना के छ ? भन्दै मतदाताले सोधेको प्रश्नमा उहाँले भन्नु भयो, ‘अन्तर्राष्ट्रिय चलखेल महानगरमा कुन हदसम्मको थियो भनेर तपाईँले कल्पना पनि गर्न सक्नुहुन्न । उदाहरणको लागि काठमाडौंको फोहोर व्यवस्थापनसमेत चलखेल हुन्थ्यो । मेयर बन्नु प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा होइन ।’

आफ्नो घरमा आएका बोलनलाई एक महिला मतदाताले प्रश्न गर्नु भयो्, ‘हाम्रो पनि कुरा सुन्नुस्, हाम्रो पनि समस्या सुन्नुस्, तपाईँले बोल्नु पर्छ, हामी तपाईँको जवाफ खोजी रहेका छौँ।’ त्यसपछि बालेनले आफ्नो मुख्य नीति सुनाउनु भयो। ‘हाम्रो मुख्य नीति पैसा नहुनेले शिक्षा र स्वास्थ्य पाउनुपर्छ र पैसा हुनेले व्यापार–व्यवसाय र रोजगारी गर्न पाउनु पर्छ भन्ने हो,’ उहाँले भन्नु भयो।

बालेनले मिडियाको भने फेस गर्नु भएको छैन । लागतार मतदाताको प्रश्न सामना गर्नुपरेपछि उहाँ त्यसबाट भागेर हिँड्ने अवस्थामा भने हुनुन्न । मतदाताले ¥याख¥याखती पार्न थालेपछि उहाँले प्रश्नहरूको जवाफ दिन थाल्नु भएको छ।

बालेन एक हप्ता लामो मधेस र बागमती प्रदेशको भ्रमणपछि आइतबार झापा ५ मा फर्किनु भएको थियो। उहाँ दुई दिन बसेर फेरि काठमाडौं फर्कनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।