अनुसन्धान जारी

धरानमा गाँजा बरामद

धरान,५ फागुन । सुनसरीको धरानबाट करिब एक टन गाँजा बरामद भएको प्रहरीले जनाएको छ । एक टनको एक हजार किलो हुन्छ । प्रहरीले मंगलबार बिहानका राति ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको दुईवटा सवारीसाधनलाई नियन्त्रणमा लिएर दुई जना चालकलाई पक्राउ पनि गरेको प्रहरीले जनाएको छ ।

 

नियमित चेकजाँचका क्रममा प्रहरीले ९५५ किलोग्राम गाँजा फेला पारेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार धरान उपमहानगरपालिका–२० बरडाँडामा शंकास्पद अवस्थामा रहेका सवारीसाधन रोकेर प्रहरीले चेकजाँच गरेको थियो । चाँदी बजारबाट विष्णुपादुका तर्फ जाँदै गरेका दुईवटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर खान तलासी गर्दा ९५५ किलो गाँजा बरामद भएको जानकारी उहाँले दिनु भयो ।

 

प्रहरीका अनुसार बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप गाडीमा ३३ वटा पोकाबाट ४९५ किलोग्राम गाँजा फेला परेको छ । उक्त गाडीका चालक बारा जिल्लाको कोल्हवी नगरपालिका–८ का ३३ वर्षीय सन्दीपकुमार माझीलाई पक्राउ गरिएको छ ।

 

त्यसैगरी, बा एसी ३२३६ नम्बरको अर्को गाडीमा २३ पोकाबाट ४६० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले बताएको छ । सो गाडीका चालक काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ का ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ । दुवै गाडीबाट ९५५ किलोग्राम गाँजा बरामद भएको हो ।

 

बरामद गाँजा, सवारीसाधन तथा दुवै चालकलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

गाँजा कहाँबाट ल्याएर कता लैजान खोजिएको हो भन्ने यकिन छैन । अन्तिम गन्तव्य, संलग्न मुख्य गिरोह तथा आर्थिक कारोबारको पाटोका बारेमा पनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।