संविधान जोगाउन गम्भीर मतदान आवश्यक: शेखर कोइराला

विराटनगर,५ फागुन। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको संरक्षण र संसदीय सर्वोच्चताका लागि आफू आगामी प्रतिनिधि सभा निर्वाचनमा होमिएको बताउनु भएको छ्। मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत विराटनगर–५ जामुनगाछीमा मंगलबार आयोजित चुनावी प्रचारप्रसारका क्रममा उहाँले यस्तो बताउनु भएको हो्।

आम सर्वसाधारणसँगको भेटमा नेता कोइरालाले संसदको सर्वोच्चता नभए भोलि कांग्रेस पनि कम्युनिष्ट जस्तै हुन सक्ने खतरा औँल्याउनु भयो। उहाँले भन्नु भयो, ‘मुलुकको राजनीतिक अवस्था गम्भीर छ, त्यसैले विराटनगरवासीले यस निर्वाचनलाई गम्भीरतापूर्वक लिएर मतदान गर्ने अपेक्षा गरेको छु। नयाँ पार्टीहरूले पुराना दलका विरुद्ध फैलाएको अफवाह र नकारात्मक भाष्यलाई चिर्न आवश्यक छ।’उहाँले जेन्जीविद्रोहका कारण ०८४ मा हुनुपर्ने निर्वाचन दुई वर्षअघि नै आएको उल्लेख गर्दै यसलाई जनमत संग्रहको रूपमा लिनुपर्ने बताउनु भयो।

नेता कोइरालाले वैदेशिक रोजगारीमा रहेका युवाहरूले यहाँको वास्तविकता नबुझी घरका अभिभावकलाई अमुक पार्टीमा मत हाल्न दबाब दिइरहेको भन्दै असन्तुष्टि जनाउनु भयो। उहाँले भन्नु भयो, ‘विदेशमा रहेकाहरूले यहाँको अवस्था बुझ्न जरुरी छ, घरमा समस्या पर्दा आमाबुबालाई सहयोग गर्ने हाम्रै दलका साथीहरू हुन्।’ उहाँले वित्तीय आयोगको प्रतिवेदनमा विराटनगर महानगरपालिका पहिलो स्थानमा पर्नु गौरवको कुरा भएको बताउँदै काठमाडौं महानगरपालिका भने सुशासन र पारदर्शितामा अन्तिम स्थानमा पुगेको टिप्पणी गर्नु भयो।

स्थानीय पूर्वाधारका विषयमा बोल्दै कोइरालाले जामुनगाछी–सुनसरी हुलाकी सडक निर्माणमा भएको ढिलाइलाई कांग्रेसले नै ठेकेदार खोजेर अघि बढाएको दाबी गर्नु भएको छ। साथै, विराटनगरको वडा नम्बर ४, ५, ११ र १२ मा हुने डुबान समस्या समाधानका लागि केशलिया र बुढी खोलामा तटबन्ध निर्माणलाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।