मोरङ,६ फागुन । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार विनोद ढकाल ले भावुक पत्र मार्फत मतदातालाई सन्देश दिनु भएको छ्। पितृशोकमा रहेकै बेला चुनावी अभियानमा जुटिरहनु भएका ढकालले पत्रमा व्यक्तिगत पीडा र राजनीतिक प्रतिबद्धता दुवै प्रस्तुत गर्नु भएको छ। घरदैलोमा पुग्न नसक्ने अवस्थाका बाबजुद पार्टी कमिटीले अभियान निरन्तर चलाइरहेको उल्लेख गर्दै उहाँले मन सधैं मतदातासँगै रहेको बताउनु भएको छ। १ सय १ वर्षीय बुवा विष्णुप्रसाद ढकालको निधनपछि ढकाल हाल हिन्दु संस्कारअनुसार कोरामा हुनुन्छ।
उहाँले समाजसेवामा कहिल्यै नथाक्ने बुवाबाट पाएको शिक्षा आफ्नो आजको परीक्षा भएको बताउनु भएको छ। फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न अपिल गर्दै ढकालले उम्मेदवारी पदका लागि होइन, सेवाका लागि भएको स्पष्ट पार्नु भएको छ्। एमाले विराटनगर महानगर अध्यक्ष बलराम गिरी का अनुसार ढकालको पत्रले मतदातासँग नजिकको विश्वास र भावनात्मक सम्बन्ध स्थापित गरेको छ। मोरङ–६ मा ढकालसँगै नेपाली कांग्रेसका शेखर कोइराला, रास्वपाकी रुविना आचार्य लगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुन्छ्।










