‘एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,’ : ईश्वर पोखरेल

काठमाडौँ,६ फागुन । काठमाडौँ क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पार्नु भएको छ । नेता पोखरेलले घरदैलोका क्रममा टोल टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना सुनाइरहनु भएको छ् ।

बुधवार टोखामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमाले देश बनाउने शक्ति भएको उल्लेख गर्नु भएको छ । उहाँले पार्टीले सधैँ देश निर्माणका लागि काम गर्दै आइरहेको समेत बताउनु भयो ।

‘एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,’ पोखरेलले भन्नु भयो । नेता पोखरेलले एमालेलाई विजयी गराउन सबै कार्यकर्ता तथा समर्थकलाई जनताको बिचमा पुगेर पार्टीका एजेन्डा राख्न अनुरोध पनि गर्नु भएको छ।

साथै, उहाँले जनताका गुनासा, आलोचना र समस्याहरू सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ । नेता पोखरेलले फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्याकमा ल्याउनैका लागि देशभर एमालेको जित आवश्यक रहेको औँल्याउनु भयो ।

घरदैलोका क्रममा नेता पोखरेलले २१ फागुनमा हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै यस क्षेत्रका लागि आफूले तयार पारेका विकासका योजनाहरू जनतासमक्ष प्रस्तुत गरिरहनु भएको छ। काठमाडौँ क्षेत्र नम्बर ५ लाई नमुना क्षेत्र बनाउने प्रतिबद्धता सहित पोखरेल मत माग्न व्यस्त रहनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।