दमकका तीन पांग्रे सवारी चालकहरुले सुनाए केपी ओलीलाई आफ्ना समस्या

दमक , ६ फागुन । दमकमा अहिले ५ हजार बढी तीन पाङ्ग्रे सिटि सफारीहरु सन्चालनमा छन । ५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन । तर यो रोजगारी सुरक्षित भएन , राज्यले गर्ने व्यबहार र सुबिधा चित्त बुझ्दो भएको छैन भन्दै गुनासो राखेका छन । खासमा सिटि सफारीले कस्तो समस्या भोग्नु परेको छ र राज्यतहबाट ती समस्या कसरी संवोधन हुन सक्ला?

 

बुधबार दमक स्थित होटल कोरोनेसनको हलमा दमकका तीन पांग्रे सवारी सन्चालन गर्ने चालकहरुले भरिभराउ थियो । सो क्रममा एक जना सिटी चालकले ओलीसँग आफ्नो पीडा सुनाउदै भन्नुभयो “आफुले ९ बर्षदेखि बीना लाइसेन्स सिटी रिक्सा चलाई रहेको छु । लाइसेन्सको लागि पटक पटक यातायात कायर्कालय पुग्दा समेत कागजी झन्झटिलो प्रकृया देखाएर दिइएन । मेरो अरु रोजगार नभएकाले बिना लाइसेन्स नै सिटी चलाइरहेको छु । लाइसेन्स बिना नै सवारी साधन चालाउनु मेरो जीवनको ठुलो जोखिम पनि हो ति मजदुरले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा आफ्नो अध्यक्ष ओलीसँग भन्नुभयो ।

 

यसअघि तिनपांग्रे सवारी सन्चालन गर्नेहरुको तर्फबाट सामुहिक समस्या बारे दमक जीफन्टका अध्यक्ष मेघनाथ सुवेदीले राख्नु भएको थियो । उहाले अहिले स्थानीय तह र यातायात कार्यालय बीचमा समन्वय नहुदा राजस्वमा एकरुपता नभएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले प्रति सिटी बार्षिक कर ६ सय रुपमा लिएर दर्ता प्रकृया अघि बढाएको छ । तर यातायात कार्यालयबाट बार्षिक प्रति सिटी ६ हजार लिने गरेको बताउनुभयो । उहाँले ब्लु बुक नविकरण देखि राजस्व श्रमिकको बीमा ब्यवस्था समेत हुनुपर्ने माग अध्यक्ष ओली समक्ष राख्नुभएको छ ।

 

यी गुनासा र समस्या सुनेपछि ओलीले बिगतको दमकके अबस्था र अहिलेको परिणाम बारे चर्चा गर्दै फेहरिस्त लगाउनु भयो । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो यो क्षेत्रमा कालो पत्रे हेर्न राजमार्ग आउनु पथ्र्यो, अहिले कालोपत्रे नभएको सडक खोज्नु पर्ने अवस्था पुगेको बताउनुभयो । आज झापाको दमकमा तीन पाङ्ग्रे सवारी चालक श्रमिकहरुसँगको अन्र्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो “पहिलो पटक यो क्षेत्रमा आफु चुनाव प्रचारमा हिड्दा गाडीमा नै कोदालो (फरुवा) बोकेर हिड्नु पथ्र्यो । पूर्वपश्चिम राजमार्ग बाहेक अन्यक्षेत्रमा कालोपत्रे सडक थिएन ।”

 

खासगरी २०७२ सालपछि नेकपा एमाले नेतृत्वमा सरकार निर्माण भएपछि अहिले कालो पत्रे सडक नभएको क्षेत्र खोज्दै हिड्नु परेको छ । पछिल्लो २०७२ देखि ८२ सालको दश बर्ष बीचको समयमा नेपालमा असाधारण रुपमा बिकासले फड्को मारेको छ ।
यो क्षेत्रमा भएको भौतिक बिकासले गर्दा अहिले दमक नगरपालिका भित्र मात्र अहिले लगभग ६ हजार भन्दा बढी तीनपाङ्ग्रे सिटी रिक्सा सञ्चालनमा रहेका छन् । नगरभित्रका प्राय सबै क्षेत्रमा कालोपत्रे सडक पुगिसकेको छ । जसले गर्दा नै यति धेरै सख्यमा तीनपाङ्ग्रे सवारी साधन चल्न सहज भएको छ भने दैनिक प्रत्यक्ष रुपमा ६ हजार मजदर वर्गमा रहेका नागरिकलाई रोजगार मिलेको अध्यक्ष ओलीको भनाई छ ।

बिपन्न, न्युन आय आर्जन गर्ने मजदुर बर्गको हित र भोकमरीको अन्त्य गर्ने पक्षमा नेकपा एमाले लडि रहने अध्यक्ष ओलीको भनाइछ । नेपालको संविधानमा नै गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार अनिवार्य गरिएको प्रसंग उल्लेख गर्दै उहाँले नेपालमा भोकमरीको अन्त्य गर्ने चरणमा पुगेको बताउनुभयो ।

आफ्नो नेतृत्वमा सरकार भएको अवस्थामा श्रमिकको हितका लागि यस्ता कानुनी ब्यवस्था गरिएको हो अध्यक्ष ओलीको दावी थियो । यसले दिनभरी काम गर्ने तर बिहान बेलुका खान नपाउने मजुदुर बर्गलाई प्राथमिकतामा राखेर नेकपा एमालेले नीति नियम तयार गरेको हो । जसका कारण अव कानुनी रुपमा नै भोकमरी विरुद्ध लड्न मजदरलाई मार्ग खुल्ला भएको छ ।
सिटी चालक मजदुरले सडकमा सवारी चलाउदा सामान्य ट्राफिक नियम जान्नु पर्ने बाध्यता छ । नत्र दुर्घटना भएर ठुलो क्षति हुने सम्भावित खतरालाई मध्यनजर गर्दै अध्यक्ष ओलीले लाइसेन्स लिने प्रकृया सहज गुणस्तरीय बनाउनु पर्नेमा जोड दिनुभयो । चालकको यस्तो गु्नो सुनेपछि अध्यक्ष ओलीले कुनै पनि कानुनी अड्को थापेर काम नरोक्न सम्बन्धित कार्यालयलाई निर्देशन समेत गर्नुभयो । यातायातले लाइसेन्स नदिने तर बर्षौदेखि सवारी साधन जोखिम मोलेर चलाई रहनु पर्ने परिस्थितिको तत्काल अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।