भृकुटी,६ फागुन। मेचीनगर नगरपालिका भृकुटी चोकमा एक नवजात शिशु मृत फेला परेका छन् । आज बुधबार बिहान ९ बजे भृकुटी चोकस्थित दिपक बरालको खाली जग्गामा अन्दाजी ३ महिनाको जस्तो देखिने सालनाल सहितको लिङ्ग नछुटिएको नवजात शिशु बेवारिसे अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको। थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट टोली खटिएर कानुनी प्रक्रिया तथा मुचुल्का कार्यपश्चात् शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसधान भैरहेको प्रहरीले बताएको छ ।

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा
काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको








