झापा ५ का मतदाताले सोध्न थाले, परिवर्तन व्यक्ति गर्ने कि अवस्था ?

अबस्थाको धरातल हेरेर मतदान गर्ने अठोट

दमक, ७ फागुन । दमक ४ कि सुजता फूँयाल यो चुनावमा पहिलो पटक भोट हाल्दै हुनुहुन्छ । उहाँलाई लागेको छ आफ्‌नो भोटबाट जीतेको प्रतिनिधीले देशको विकास गरोस । र अहिलेको राष्ट्रिय संकटबाट निकास दिन सकुन ।

 

देशले परिवर्तन खोजेको छ । यो सत्य हो । तर परिवर्तन व्यक्ति कि स्थिती? यो मुल प्रश्न हो । यो प्रश्नमा दमक ३ का इन्द्र प्रसाद अधिकारी भन्नु हुन्छ नामको परिवर्तन खोजेका हैनौ, कामको परिवर्तनमा विस्वास गर्ने हो । हिजोको अवस्था कस्तो थियो आज कुन स्थिती छ ? सत्यको पक्षमा उभीएर आफुले भोट हाल्ने हो । अधिकारीको भनाई छ ।

 

 

काम गफ हैन , तथ्य र परिणामले देखाउने कुरा हो । दमक ४ का हेम प्रसाद ढुङ्गेलका अनुसार निराशाको कुराले हैन विकास र परिवर्तनको नाराले मात्रै पनि हुँदैन । १० वर्ष अघीको नेपाल र अहिलेको नेपालको अवस्थाको तुलना पनि यो चुनावमा हुने भएकोले काममा परिणाम दिएका हरुलाईनै रोज्ने उहाँको अठोट छ ।

 

 

कतिपयले भन्ने गरेका छन् । केपि ओलीले झापा र झापाको क्षेत्र नं ५ र यसमापनि दमकमा मात्रै विकास गर्नु भयो । देशकालागी काम गर्नै सक्नु भएन भन्ने आरोप विपक्षी उम्मेदवारले लगाइरहेका छन् । तर यो कुरा केवल चुनावी स्टण्ड मात्रै हो भन्दै दमक ४ का यूवा इन्द्र भट्टराई भन्नु हुन्छ नेपालको नयाँ नक्सा बनाउने देखी लिएर राष्ट्र र राष्ट्रियताको पक्षमा सँधै अडीग हुने नेतानै केपि ओली हो ।

 

बिभिन्न राष्ट्रिय सडक देखी लिएर अन्तराष्ट्रिय विमान स्थल निर्माण सम्म बनाएर देशलाई नयाँ गति दिने र दिशा दिन सक्ने नेता ओली रहेको भट्टराईको भनाई छ ।

 

नेपालमा संविधान जारी भएपछि विकासका नयाँ आयाम देखिएका छन् । दश वर्षमा राज्यको वरीपरी रहेको एमाले पार्टि र यो अवधिमा ५ वर्ष राज्य सञ्चालनको नेतृत्वमै रहनु भएका केपि ओली । ५ वर्ष मात्रै आफुले देश चलाउन पाएको र ५ वर्षमा गरेको कामले नेपालको विकासमा नयाँ छलाङ आएको दावि गर्दै भन्नु हुन्छ अझ १० वर्ष त्यो पनि निरन्तर गर्न पाएको भए देशलाई विकासको अर्को यूगमा प्रवेश गराउन सकिने थियो ।

 

१० वर्ष अघी पूर्व पश्चिम जाने सडक एउटा मात्रै थियो । अहिले ४ वटा भएका छन् । उत्तर दक्षीण जोड्ने १६ वटा करीडोर बनेका छन् । दुईवटा अन्तराष्ट्रिय बिमानस्थल बनेको छ । अन्तराष्ट्रिय स्तरको खेलकुद प्रतियोगीता गराउन सक्ने गरीको रङ्गशाला बनेको छ । देशका कुना कुनामा सडक बिस्तार भइरहेका छन् । हरेक पालिकामा बिषेशज्ञ सहितको अस्पताल निर्माण भएका छन् । अनी विद्यालयले प्राविधिक विषय पढाएर दक्ष जनशसक्ती उत्पादन गरीरहेका छन् । यी सबै काम एमालेकै नेतृत्वबाट भएको दावि ओलीले गर्दै आउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।