एमालेको घोषणापत्र सार्वजनिक

तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भ प्राथमिकतामा

दमक , फागुन ७ । आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ को सन्दर्भमा नेकपा एमालेले आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आयोजित विशेष समारोहमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ले घोषणापत्र सार्वजनिक गर्दै देश अहिले गम्भीर दोबाटोमा उभिएको बताउनुभयो।

 

मन्तव्यको सुरुवातमै ओलीले फागुन ७ लाई रैतीबाट जनता बनेको ऐतिहासिक दिनको रूपमा स्मरण गर्दै लोकतन्त्र, राष्ट्रियता र संघीय गणतन्त्रका लागि बलिदान दिने सबै ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले यही ऐतिहासिक दिन रोजेर घोषणापत्र सार्वजनिक गर्नुको कारण पनि राष्ट्रियता र लोकतन्त्रलाई एकसाथ स्मरण गराउने उद्देश्य रहेको स्पष्ट पार्नुभयो।

ओलीले २०७९ को निर्वाचनको समय देश राजनीतिक अस्थिरताको दुश्चक्रमा फसेको स्मरण गर्दै एमालेले त्यसबेला पनि राष्ट्रिय हित, स्वाधीनता र राजनीतिक स्थिरतालाई मुख्य एजेण्डा बनाएको बताउनुभयो। मतदाताबाट प्राप्त विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले भदौ २३ र २४ गतेका घटनापछि देश फेरि अनिश्चितताको भुमरीमा धकेलिएको आरोप लगाउनुभयो।

भदौका घटनालाई सामान्य असन्तोषको परिणाम नभई संविधान, व्यवस्था र सार्वभौमसत्तामाथिको योजनाबद्ध आक्रमणको रूपमा व्याख्या गर्दै ओलीले त्यसबारे गम्भीर प्रश्नहरू उठाउनुभयो। शान्तिपूर्ण प्रदर्शन किन हिंसामा बदलियो, कसले निषेधित क्षेत्रतर्फ युवालाई धकेल्यो, र किन निजी सम्पत्ति तथा सुरक्षाकर्मी लक्षित भए भन्ने प्रश्नहरूको जवाफ खोजिनै पर्ने उहाँको जोड थियो।

ओलीले पछिल्ला वर्षहरूमा देखिएको राजनीतिक अस्थिरताले विकास, अर्थतन्त्र र जनविश्वासलाई गम्भीर क्षति पु¥याएको उल्लेख गर्दै स्थिर सरकार बिना समृद्धि सम्भव नहुने स्पष्ट सन्देश दिनुभयो। ठूला दलबीचको सहकार्यकै कारण संकट आएको भन्ने भाष्यलाई अस्वीकार गर्दै उहाँले अस्थिरता फर्काउन खोज्ने प्रयास नै समस्याको मूल भएको बताउनुभयो।

 

‘नयाँ कि पुरानो’ भन्ने बहसप्रति टिप्पणी गर्दै ओलीले नयाँ भनिएका पात्रहरूले सरकारमा बसेर आफ्नो क्षमता देखाइसकेको दाबी गर्नुभयो। एमालेसँग आन्दोलन मात्र होइन, नीति, सुशासन र विकासका ठोस कामको अभिलेख रहेको उल्लेख गर्दै लक्ष्य तोक्ने, समयसीमा बनाउने र काम पूरा गर्ने संस्कार एमालेको पहिचान भएको उहाँको भनाइ थियो।

घोषणापत्रका मुख्य बुँदाहरू सार्वजनिक गर्दै ओलीले तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै ११ काम कार्यान्वयन गर्ने निर्णय गरिने उहाँको प्रतिबद्धता थियो।
पुस्तान्तर द्वन्द्वको बहसलाई भ्रमको संज्ञा दिँदै ओलीले देश युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि दुवै मिलेर मात्र बन्ने स्पष्ट पार्नुभयो। “यो निर्वाचन पुस्ताबीचको होइन, देश बनाउने र भत्काउने सोचबीचको जनमत संग्रह हो,” उहाँले भन्नुभयो।

मन्तव्यको अन्त्यमा ओलीले संविधानको रक्षा, लोकतन्त्र सुदृढीकरण, राष्ट्रिय स्वाभिमानको पुनर्जागरण र ‘देश पहिला’को भावनासहित निर्वाचनमा सहभागी हुन सबै नेपालीलाई आह्वान गर्नुभयो। एमाले निर्माणको पक्षमा रहेको र जिम्मेवारी पाएको बेला परिणाम देखाउने पार्टी भएको दाबी गर्दै उहाँले जनताको समर्थन पुनः एमालेतर्फ फर्किने विश्वास व्यक्त गर्नुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।