भदौ २३–२४ का घटना संविधान र सार्वभौमसत्ता माथिको योजनावद्ध आक्रमण भएको ओलीको दाबी

काठमाडौँ,७ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरूलाई नेपालको संविधान, वर्तमान व्यवस्था र राष्ट्रिय सार्वभौमसत्ता विरुद्धको योजनावद्ध आक्रमणका रूपमा चित्रण गर्नु भएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै ओलीले मुलुक अहिले विवेक र आवेगको दोबाटोमा उभिएको बताउनु भयो ।

 

उहाँले देश बनाउने र भत्काउने दुई फरक सोचबीचको द्वन्द्वले गर्दा नेपाललाई फेरि प्रयोगशाला बनाउन खोजिएको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ। अध्यक्ष ओलीले भदौ २३ को आन्दोलनमा बाह्य घुसपैठ भएको दाबी गर्दै शान्तिपूर्ण रूपमा घर फर्कन लागेका युवाहरूलाई नियोजित रूपमा निषेधित क्षेत्रतर्फ धकेलेर हिंसा भड्काइएको आरोप लगाउनु भयो।

 

संवैधानिक प्रक्रियाबाट स्थिर सरकार ढाल्न नसकेपछि सडकको सहारा लिएर प्रणालीमाथि नै प्रहार गर्ने उद्देश्यले ती घटनाहरू गराइएको उहाँको ठहर छ। उहाँले प्रश्न गर्दै भन्नु भएको छ, ‘भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ ग¥यो? घर फर्कन लागेका युवालाई निषेधित क्षेत्रतर्फ कसले र किन धकेल्यो? यी घटना स्वतःस्फूर्त थिए कि योजनाबद्ध?’

 

ओलीले जेनजी प्रदर्शनकारीका सरकार र व्यवस्थाप्रति कुनै माग नहुँदाहुँदै पनि हुँदै नभएको माग पूरा गरेझैँ गरी प्रतिनिधिसभा विघटन गरिनु रहस्यमय भएको बताउनु भयो। निजी सम्पत्ति, व्यवसायी र सुरक्षाकर्मीलाई निसाना बनाइनुले ती घटनाहरूको उद्देश्य स्पष्ट पारेको उहाँको तर्क छ।

 

राजनीतिक अस्थिरता नै देश विकासको मुख्य बाधक भएको उल्लेख गर्दै उहाँले ठुला दलहरू मिल्नु संकटको कारण नभई अस्थिरता रोक्ने इमानदार प्रयास भएको स्पष्ट पार्नु भएको छ । एमालेसँग मात्र विकास, सुशासन र निर्माणको स्पष्ट ’ट्रयाक रेकर्ड’ रहेको दाबी गर्दै ओलीले ध्वस्त भएका संरचनाको पुननिर्माण र जनताको खस्किएको मनोबल उकास्ने जिम्मेवारी अब आफ्नो पार्टीको काँधमा आएको जिकिर गर्नु भएको छ।

उहाँले आम मतदाता र समाज प्रश्नै प्रश्नको घेरामा रहेको भन्दै संविधान र व्यवस्थाको रक्षाका लागि एमाले दृढतापूर्वक उभिने बताउनु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनैतिक दलको घोषणापत्र : झापा ५ का जेनजीले कसलाई रोजे ? के खोजे ?

दमक, ८ फागुन । आगामी फागुन २१ गतेका लागी तोकीएको चुनाव लक्षीत घोषणा पत्र अधिकांश दलहरुले सार्वजनिक गरिसकेका छन् । घोषित घोषणा पत्रमा विद्यार्थी, यूवा

पथरी शनिश्चरेमा नेसनल भोलेन्टियर फोर्स गठन

पथरी, ८ फागुन / निर्वाचनको संघारमा मोरङको पथरी शनिश्चरेमा बिमल राईको कमाण्डमा नेकपा एमाले निकट नेसनल भोलेन्टियर फोर्स गठन भएको छ ।   नव गठित

रास्वपा कार्यकर्ताद्वारा झण्डा जलाएको आरोप : निर्वाचन आयोग भन्छ निर्णय भइसकेको छैन

काठमाडौँ,८ फागुन। दाङको तुलसीपुरमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएको विषयमा निर्वाचन आयोगले निर्णय नगरिसकेको जनाएको छ ।   शुक्रबार आयोगको नियमित

बालेन शाहको नागरिकता रद्द र पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी

काठमाडौ, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नागरिकता रद्द गरी पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ

निर्वाचन नभए देश फेरि गोलचक्करमा फस्छ : इन्द्रमणि पराजुली

विराटनगर, ८ फागुन । आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले निर्वाचन नभए देश नयाँ गोलचक्करमा फस्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले विराटनगरमा आयोजना

निर्वाचनका लागि आवश्यक स्रोतको व्यवस्था गर्ने अर्थमन्त्री खनालको प्रतिबद्धता

ललितपुर,८ फागुन । अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कुनै पनि स्रोतसाधनको कमी हुन नदिने दृढता व्यक्त गर्नु भएको छ्। ललितपुरमा आयोजित