रामप्रसाद भण्डारीको दाबीः फागुन २१ को निर्वाचनमा अहिलेसम्मकै बढी मतदान, बदर मत न्यून हुने

काठमाडौँ,७ फागुन । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अहिलेसम्मकै सबैभन्दा बढी मतदान हुने दाबी गर्नू भएको छ। १० औँ निर्वाचन दिवसका अवसरमा बिहीबार आयोजित विशेष कार्यक्रममा बोल्दै उहाँले मतदाताहरू मतदानको दिनलाई व्यग्रताका साथ पर्खिरहेको र यसपटक मत खस्ने प्रतिशतले नयाँ रेकर्ड राख्ने विश्वास व्यक्त गर्नु भएको छ।
आयोगको आन्तरिक अनुसन्धान र विश्लेषणका आधारमा यसपटक मतदान मात्र बढी नभई मत बदर हुने संख्या पनि निकै कम हुने भण्डारीको भनाइ छ। अघिल्ला निर्वाचनहरूको तुलनामा यसपटक मतदाताहरू निकै सचेत र चनाखो रहेको उहाँले बताउनु भयो।

 

खसेको मतमध्ये लगभग सबै सदर हुने आयोगको अपेक्षा छ। आयोगले सञ्चालन गरिरहेको मतदाता शिक्षा कार्यक्रम र स्वयंसेवकहरूले घरदैलोमा पुगेर सिकाएको मतदान गर्ने तरिकाका कारण बदर मतको अनुपात न्यून हुने दाबी गरिएको छ ।

 

मतदानप्रति मतदाताको उत्साह देखिए पनि उनीहरूलाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पु¥याउने वातावरण बनाउन भने राजनीतिक दल र उम्मेदवारहरूको ठुलो भूमिका रहने भण्डारीले उल्लेख गर्नु भएको छ। राजनीतिक दल, नेता र कार्यकर्ताहरूले मतदातामैत्री वातावरण सिर्जना गर्न विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनु भएको छ। यदि मतदानस्थलसम्म पुग्ने सहज र सुरक्षित वातावरण बनेन भने मतदान गर्न इच्छुक मतदाताहरू पनि घरमै बस्न सक्ने भन्दै उनले सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्नु भएको छ।

निर्वाचन दिवसको अवसरमा आयोगले एक स्मारिका समेत सार्वजनिक गरेको जनाएको छ। सोही अवसरमा घोषणा गरिने निर्वाचन पुरस्कारहरू भने आगामी वैशाख १ गते विशेष कार्यक्रम आयोजना गरी वितरण गरिने आयोगले बताएको छ। फागुन २१ को निर्वाचनलाई सफल बनाउन सरकार, सुरक्षा निकाय र स्थानीय तहहरूसँगको समन्वयमा आयोगले अन्तिम तयारी गरिरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।