राप्रपाको चाहनाले मात्रै चुनाव तलमाथि हुँदैन: राजेन्द्र लिङ्देन

वराहक्षेत्र, ७ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको चाहनाले मात्रै चुनाव तलमाथि नहुने बताउनुभएको छ । उहाँले देशलाई केन्द्रमा राखेर राजा, राजनितिक दल र नवयुवाबिच नयाँ समझदारी हुनुपर्ने बताउनुभएको हो ।

 

मधेश प्रदेशमा हुने चुनावी सभालाई सम्बोधन गर्न सप्तरी हिँडनु भएका अध्यक्ष लिङ्देनले सुनसरीको वराहक्षेत्रमा संक्षिप्त भेटघाट गर्दै सो कुरा बताउनुभएको हो । भेटघाटमा बोल्दै उहाँले भन्नुभयो, “यही अवस्थामा चुनाव हुँदाखेरि पनि एउटा प्रजातान्त्रिक पार्टी हुनाको नाताले राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावबाट भाग्ने छैन र चुनावलाई आन्दोलनकै आशङ्का रूपमा उपयोग गर्ने निर्णय गरेर हामी जनताको बिचमा आएका छौं ।” भोट दिने बेलामा बाटो, पुल बन्छ कि बन्दैन भन्ने कुराभन्दा पनि विषम परिस्थितिमा हुन लागेको चुनावमा देश रहन्छ कि रहँदैन भन्ने विचार गरेर भोट खसाल्न मतदाताहरू लाई सुनाउनुभएको छ ।

 

भोट दिने कार्य छोरी दिँदा कुटुम्व बुझेर दिएजत्ति नै महत्त्वपूर्ण हुने उहाँले बताउनुभएको छ। “एक भोटका कारण गलत मान्छेले जित्यो भने देशले दुःख पाउँछ त्यसैले हजार चोटी सोचेर भोट दिनुपर्छ,” उहाँले भन्नुभयो ।

 

सुनसरीको क्षेत्र नम्बर ४ स्थित चक्रघट्टीमा आयोजित चुनावीकोण सभामा बोल्दै उहाँले चुनावको मुखमा जनतालाई रिझाउन धेरै उम्मेदवारहरू जनताको घरदैलोमा नमस्कार गर्दै आउने प्रवृत्तिलाई बुझेर सजग भई भोटको शक्तिको उपयोग गर्न आग्रह गर्नू भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।