शेखर कोइरालाको एजेन्डा :  सुकुम्बासी व्यवस्थापन र विराटनगर पूर्वाधार विकास

विराटनगर,८ फागुन । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार शेखर कोइरालाले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापन र विराटनगरको भौतिक पूर्वाधार विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउनु भएको छ्। विराटनगर वडा नं. ६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले सुकुम्बासी बस्तीका समस्या समाधानका लागि आफूले ठोस पहल गर्ने र यसलाई प्राथमिकतामा राखेको स्पष्ट पार्नु भएको छ ।
उहाँले सुकुम्बासी आयोगका सदस्यहरूसँग प्रारम्भिक छलफल भइसकेको जानकारी दिँदै छिट्टै आयोगका प्रतिनिधिहरू बस्तीमै आएर स्थानीयका पिरमर्का सुन्ने वातावरण मिलाउने आश्वासन दिनु भयो। कोइरालाले सुकुम्बासीहरूलाई कानुनी हैसियतसहित बसोबासको सुनिश्चितता दिन आवश्यक प्रक्रिया अघि बढाउने दाबी गर्नु भएको छ।

 

‘म तपाईँहरूको पीडा र समस्या नजिकबाट बुझेको छु, अब आयोगका सदस्यहरू यहाँ आएर तपाईँहरूको समस्या सुन्नुहुन्छ र व्यवस्थापनको कामले गति लिन्छ,’ उहाँले भन्नु भयो। उहाँले अर्को महत्त्वपूर्ण योजनाका रूपमा विराटनगर चक्रपथ (रिङरोड) निर्माणलाई अघि सार्नु भएको छ्। चक्रपथ निर्माण नहुँदा सहरको विकासले सोचेजस्तो गति लिन नसकेको उहाँको ठहर छ। यदि समयमै चक्रपथ बनेको भए वडा नं. ४ र ६ को स्वरूप नै परिवर्तन भई व्यापार र पूर्वाधारमा ठूलो क्रान्ति आउने कोइरालाको भनाइ थियो।

वडा नं. ६ भित्रका अलपत्र सडकका विषयमा बोल्दै कोइरालाले ठेक्का लागेर पनि ठेकेदार फरार भएका कारण काम रोकिएको खुलासा गर्नु भएको छ। उहाँले निर्वाचन लगत्तै उक्त सडक निर्माणलाई पुनः अघि बढाउन पहल गर्ने र अब उप्रान्त विकास निर्माणमा यस्तो ढिलासुस्ती हुन नदिने प्रतिवद्धता जनाउनु भएको छ।

 

यसका साथै स्थानीयलाई सहज स्वास्थ्य सेवा पु¥याउन सुकुम्बासी बस्ती नजिकै अस्पताल स्थापना गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनु भएको छ। दुई वर्षअघि नै जग्गा छुट्याइएको उक्त अस्पताल निर्माण कार्यलाई अब कार्यान्वयनको चरणमा लैजाने उहाँको योजना छ।
कोइरालाले विराटनगरको मुहार फेर्न र अधुरा योजना पूरा गर्न कांग्रेसलाई विजयी गराउन मतदाताहरूसँग आग्रह गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनैतिक दलको घोषणापत्र : झापा ५ का जेनजीले कसलाई रोजे ? के खोजे ?

दमक, ८ फागुन । आगामी फागुन २१ गतेका लागी तोकीएको चुनाव लक्षीत घोषणा पत्र अधिकांश दलहरुले सार्वजनिक गरिसकेका छन् । घोषित घोषणा पत्रमा विद्यार्थी, यूवा

पथरी शनिश्चरेमा नेसनल भोलेन्टियर फोर्स गठन

पथरी, ८ फागुन / निर्वाचनको संघारमा मोरङको पथरी शनिश्चरेमा बिमल राईको कमाण्डमा नेकपा एमाले निकट नेसनल भोलेन्टियर फोर्स गठन भएको छ ।   नव गठित

रास्वपा कार्यकर्ताद्वारा झण्डा जलाएको आरोप : निर्वाचन आयोग भन्छ निर्णय भइसकेको छैन

काठमाडौँ,८ फागुन। दाङको तुलसीपुरमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएको विषयमा निर्वाचन आयोगले निर्णय नगरिसकेको जनाएको छ ।   शुक्रबार आयोगको नियमित

बालेन शाहको नागरिकता रद्द र पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी

काठमाडौ, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नागरिकता रद्द गरी पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ

निर्वाचन नभए देश फेरि गोलचक्करमा फस्छ : इन्द्रमणि पराजुली

विराटनगर, ८ फागुन । आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले निर्वाचन नभए देश नयाँ गोलचक्करमा फस्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले विराटनगरमा आयोजना

निर्वाचनका लागि आवश्यक स्रोतको व्यवस्था गर्ने अर्थमन्त्री खनालको प्रतिबद्धता

ललितपुर,८ फागुन । अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कुनै पनि स्रोतसाधनको कमी हुन नदिने दृढता व्यक्त गर्नु भएको छ्। ललितपुरमा आयोजित