निर्वाचनका लागि आवश्यक स्रोतको व्यवस्था गर्ने अर्थमन्त्री खनालको प्रतिबद्धता

ललितपुर,८ फागुन । अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कुनै पनि स्रोतसाधनको कमी हुन नदिने दृढता व्यक्त गर्नु भएको छ्। ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री खनालले निर्वाचनलाई निष्पक्ष र सफल बनाउन सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताउनु भएको छ।

पर्यटन बोर्ड र परिसूचक मिडियाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा उहाँले राज्यको स्रोतलाई सही ढंगले परिचालन गरी निर्वाचनको वातावरण सुनिश्चित गर्ने आश्वासन दिनु भएको छ। अर्थमन्त्रीले मुलुक अब राजनीतिक अस्थिरताको बहसबाट बाहिर निस्केर आर्थिक समृद्धिको दिशामा लाग्नुपर्नेमा जोड दिनु भएको छ।

 

सरकारका सामु राजनीतिक अन्योल चिरेर देशलाई आर्थिक एजेन्डामा लैजानु नै सबैभन्दा ठूलो चुनौती रहेको उहाँको भनाइ थियो। खनालले अघिल्लो सरकारले पर्यटन क्षेत्रलाई उद्योगसरह सुविधा दिने घोषणा गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको स्वीकार गर्नु भएको छ। उहाँले पर्यटन क्षेत्रका समस्या समाधानका लागि सरकारले नीतिगत सुधार गरिरहेको र यसलाई प्रभावकारी बनाउने प्रतिबद्धता बताउनु भएको छ।

देशको अर्थतन्त्रलाई बलियो बनाउन सरकारले हरसम्भव प्रयास गरिरहेको दाबी गर्दै अर्थमन्त्रीले विभिन्न नीतिगत कामहरू अघि बढिरहेको जानकारी दिनु भएको छ। पर्यटन र अन्य आर्थिक क्षेत्रको उन्नयनका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको उहाँको तर्क थियो। निर्वाचनपछिको स्थिर सरकारले आर्थिक विकासका योजनाहरूलाई थप गति दिने विश्वाससमेत उहाँले व्यक्त गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।