निर्वाचन नभए देश फेरि गोलचक्करमा फस्छ : इन्द्रमणि पराजुली

विराटनगर, ८ फागुन । आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले निर्वाचन नभए देश नयाँ गोलचक्करमा फस्ने बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालले विराटनगरमा आयोजना गरेको पत्रकार आचारसंहिता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै मन्त्री पराजुलीले यस्तो बताउनुभएको हो ।

 

विषम परिस्थितिबाट उब्जिएको राजनीतिक कारण देश चुनाबमा होमिएको बताउँदै निर्वाचनले मात्र देशको संविधानलाई मुलबाटो ल्याउने उल्लेख गर्नुभएको छ। उहाँले अहिले देशमा निर्वाचित सरकार नभएको बताउँदै संविधानले दिएका अधिकारहरू रक्षाका लागि यो निर्वाचनलाई सफल बनाउन आग्रह गर्नुभएको छ ।

 

मन्त्री पराजुलीले प्रदेससभामा आमसञ्चार विधेयक विचाराधीन अवस्थामा रहेको बताउँदै पत्रकारको स्वाभिमान उठाउने गरी विधेयक आउने उल्लेख गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरतबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोख्रेल, नेपाल प्रेस युनियन कोशीका अध्यक्ष मिनकुमार श्रेष्ठ, प्रेस चौतारी नेपालका कोशी प्रदेश अध्यक्ष सुमन पुरीले बोल्नुभएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनैतिक दलको घोषणापत्र : झापा ५ का जेनजीले कसलाई रोजे ? के खोजे ?

दमक, ८ फागुन । आगामी फागुन २१ गतेका लागी तोकीएको चुनाव लक्षीत घोषणा पत्र अधिकांश दलहरुले सार्वजनिक गरिसकेका छन् । घोषित घोषणा पत्रमा विद्यार्थी, यूवा

पथरी शनिश्चरेमा नेसनल भोलेन्टियर फोर्स गठन

पथरी, ८ फागुन / निर्वाचनको संघारमा मोरङको पथरी शनिश्चरेमा बिमल राईको कमाण्डमा नेकपा एमाले निकट नेसनल भोलेन्टियर फोर्स गठन भएको छ ।   नव गठित

रास्वपा कार्यकर्ताद्वारा झण्डा जलाएको आरोप : निर्वाचन आयोग भन्छ निर्णय भइसकेको छैन

काठमाडौँ,८ फागुन। दाङको तुलसीपुरमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएको विषयमा निर्वाचन आयोगले निर्णय नगरिसकेको जनाएको छ ।   शुक्रबार आयोगको नियमित

बालेन शाहको नागरिकता रद्द र पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी

काठमाडौ, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नागरिकता रद्द गरी पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ

निर्वाचन नभए देश फेरि गोलचक्करमा फस्छ : इन्द्रमणि पराजुली

विराटनगर, ८ फागुन । आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले निर्वाचन नभए देश नयाँ गोलचक्करमा फस्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले विराटनगरमा आयोजना

निर्वाचनका लागि आवश्यक स्रोतको व्यवस्था गर्ने अर्थमन्त्री खनालको प्रतिबद्धता

ललितपुर,८ फागुन । अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कुनै पनि स्रोतसाधनको कमी हुन नदिने दृढता व्यक्त गर्नु भएको छ्। ललितपुरमा आयोजित