बालेन शाहको नागरिकता रद्द र पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी

काठमाडौ, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नागरिकता रद्द गरी पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ । शुक्रबार काठमाडौं— ३१ का युवराज सफलले गृह मन्त्रालयमा उजुरी दिनु भएको छ ।

balen-nagarikata_znqjeLtPV4-1771573501.jpg

 

शाहले आफूखुसी थर परिवर्तन गरेकाले उहाँको नागरिकता रद्द गर्न तथा पाँच वर्ष कैद गर्न तथा एक लाख जरिवाना गर्न पनि सफलले माग गर्नु भएको छ् ।

बालेनले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर भए पनि काठमाडौंको मेयर भएपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर ‘शाह’ बनाएको उजुरीमा दाबी गरिएको छ । उहाँले झुटो विवरण पेस गरेर थर परिवर्तन गरेकाले तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न उजुरीमा माग गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनैतिक दलको घोषणापत्र : झापा ५ का जेनजीले कसलाई रोजे ? के खोजे ?

दमक, ८ फागुन । आगामी फागुन २१ गतेका लागी तोकीएको चुनाव लक्षीत घोषणा पत्र अधिकांश दलहरुले सार्वजनिक गरिसकेका छन् । घोषित घोषणा पत्रमा विद्यार्थी, यूवा

पथरी शनिश्चरेमा नेसनल भोलेन्टियर फोर्स गठन

पथरी, ८ फागुन / निर्वाचनको संघारमा मोरङको पथरी शनिश्चरेमा बिमल राईको कमाण्डमा नेकपा एमाले निकट नेसनल भोलेन्टियर फोर्स गठन भएको छ ।   नव गठित

रास्वपा कार्यकर्ताद्वारा झण्डा जलाएको आरोप : निर्वाचन आयोग भन्छ निर्णय भइसकेको छैन

काठमाडौँ,८ फागुन। दाङको तुलसीपुरमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएको विषयमा निर्वाचन आयोगले निर्णय नगरिसकेको जनाएको छ ।   शुक्रबार आयोगको नियमित

बालेन शाहको नागरिकता रद्द र पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी

काठमाडौ, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नागरिकता रद्द गरी पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ

निर्वाचन नभए देश फेरि गोलचक्करमा फस्छ : इन्द्रमणि पराजुली

विराटनगर, ८ फागुन । आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले निर्वाचन नभए देश नयाँ गोलचक्करमा फस्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले विराटनगरमा आयोजना

निर्वाचनका लागि आवश्यक स्रोतको व्यवस्था गर्ने अर्थमन्त्री खनालको प्रतिबद्धता

ललितपुर,८ फागुन । अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कुनै पनि स्रोतसाधनको कमी हुन नदिने दृढता व्यक्त गर्नु भएको छ्। ललितपुरमा आयोजित