पथरी शनिश्चरेमा नेसनल भोलेन्टियर फोर्स गठन

पथरी, ८ फागुन / निर्वाचनको संघारमा मोरङको पथरी शनिश्चरेमा बिमल राईको कमाण्डमा नेकपा एमाले निकट नेसनल भोलेन्टियर फोर्स गठन भएको छ ।

 

नव गठित नगरस्तरीय फोर्सको कमाण्डरमा बिमल राई, सहकमाण्डरहरू शेरबहादुर लिम्बु, अनिष नेपाली, छत्र लिम्बु, रोहित वान्तवा, आश्री बास्तोलासहित १५१ सदस्यीय समिति चयन भएको छ ।

 

एमाले नगर अध्यक्ष सञ्जीव गिरीको अध्यक्षता र नेसनल भोलेन्टियर फोर्स केन्द्रीय उपकमाण्डर अमित पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

जेन्जी आन्दोलनपछि नवयुवाहरुलाई लक्षित गर्दै एमालेले जनसंगठनकै रुपमा भोलेन्टियर फोर्स गठन कार्य अघि बढाएको देखिएको छ । यसलाई चुनावी रणनीतिका रुपमा समेत लिइएको छ । यो पार्टीको २४ औं जनसंगठन रहेको उल्लेख छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।