दमक, ८ फागुन । आगामी फागुन २१ गतेका लागी तोकीएको चुनाव लक्षीत घोषणा पत्र अधिकांश दलहरुले सार्वजनिक गरिसकेका छन् ।
घोषित घोषणा पत्रमा विद्यार्थी, यूवा तथा जेन जी उमेर पुस्ताहरुको योजना कसले कसरी उठान गर्यो भन्नेमा झापा ५ का यूवाहरुले चासोका साथ हेरेका छन् । मुख्य गरी तीन दलको घोषणा पत्र अध्ययन गर्दा कसले कुन रोजे ? र किन ?
झापाको कमल गाउँपालिकाका अनील पराजुली पढ्दै काम गर्नु हुन्छ । उहाँलाई पढ्दै काम गरिरहेका यूवाहरुकालागी निकै काम लाग्ने बुदा नेकपा एमालेले जारी गरेको घोषणा पत्रमा भेट्नु भयो । उहाँ भन्नु हुन्छ काम गर्दै पढ्नेका लगी न्यूनतम पारिश्रमीक सहितको इन्टर्न , अध्ययन र रिसर्चमा रमाउन चाहनेका लागी निशुल्क डेटा फ्री र महिला तथा यूवा उद्यमीकालागी बिना धितो ऋण दिने कुरा उहाँलाई राम्रो लाग्यो । तर उहाँले घोषणापत्र पढ्दै जादा एउटा कुराको अभाव भने देख्नु भयो ।
उहाँका अनुसार विप्पन्न परिवारले लिएको २५ हजार बराबरको ऋण मिनाह गर्ने भन्नेलाई चाहि विप्पन्न परिवारका क्षमतावान एकजना सदस्यलाई रोजगारमा लगाउने हो भने ऋण आफैनै तिर्न पनि सक्थ्यो । चुनाव पछि बन्ने सरकारले यो काम गर्न पर्यो भनेर उहाँले माग समेत राख्नु भएको छ ।
यस्तै दमक ९ स्थित एउटा आईटि कलेजमा पढिरहनु भएका दिव्य पौडेल चाहि १० जेवी डेटा फ्री, यूवाहरुलाई निरव्याजी २० लाख रुपैँया सम्म ऋण पाउने कुराले मन छोयो । निशुल्क डेटाले रिसर्चमा काम गर्न सकिने, र खासगरी आईटिको क्षेत्रमा रुची भएका विद्यार्थीहरुकालागी अझ प्रभावकारी बन्ने भन्दै त्यहिबाट सिकेको सिपलाई स्वरोजगारमा परिणत गर्न धितो रहित २० लाख रुपैँया सम्म पाइने कर्जाले यूवाको विदेश पलायन रोक्छ । त्यसैले एमालेको घोषणा पत्र आफुलाई मन परेको उहाँको प्रतिकृया छ ।
अहिलेको चुनावमा यूवाहरुको परिवर्तन चाहेका छन् । तर परिवर्तन व्यक्तिको नभएर अवस्था र स्थितीको हो भन्नेमा पनि उनीहरु ढुक्क छन् । त्यसैले चुनाव पछि बन्ने सरकार कस्तो र कस्को भन्दा भन्दा पनि कसले परिणाम दिएर काम गर्न सक्छ भन्ने कुरा सुझ बुझ गरेर मतदान गर्ने झापा ५ का यूवा मतदाताको निष्कर्ष छ ।









