घरदैलो गर्ने क्रममा ज्येष्ठ,बयस्क,मजदुर लगायतसंग दमक ८मा एमाले मत माग्दै

दमक,९ फागुन । फागुन २१ गते नजिकैदै गर्दा नेकपा एमालेले चुनाव लक्षित घर दैलो कार्यक्रम टोल र वडा केन्द्रित गरेको छ ।
नेकपा एमाले वडा कमिटी दमक ८ले फागुन २१ गते हुने निर्वाचन कार्यक्रम लक्षित घरदैलो कार्यक्रमलाई तीव्रता दिएको हो । वडा कमिटी दमक८को निर्वाचन परिचालन कमिटीले आज वडा भित्रको सरस्वती टोल कमिटी र हिजो किरात कञ्चन टोलमा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

दमक ८को वडा वडा कार्यालय छेउवाट शुरु भएको घरदैलो कार्यक्रम सरस्वती टोलको अर्गानी सब्जी मण्डी,साँझा डेरी,वडा नं. ८मा पर्ने दमक हस्पिटल,मकालु मार्ग हुदै अन्तमा सजिलो मार्ट अगाडी पुगेर घरदैलो कार्यक्रम सकिएको निर्वाचन परिचालन कमिटी संयोजक धर्म प्रसाद दाहाल(दिपेश)ले जानकारी दिनु भयो ।

घरदैलो गर्ने क्रममा ज्येष्ठ,बयस्क,युवा र मजदुर लगायतहरुसंग मतदाताहरुसंग मत माग्ने काम गरिएको एमाले वडा कमिटी दमक ८का उपाध्यक्ष युवराज आचार्यले जानकारी दिनु भयो । किरात कचन अन्तर्गतको घरदैलो गर्ने क्रममा किरात चोकवाट शुरु भएको घरदैलो बिकास मार्ग ,आइतबारे लगायतको घर–घरमा पुगेर मतदातासंग मत माग्ने काम भएको एमाले वडा निर्वाचन परिचालन कमिटी संयोजक तथा दमक ८का वडा अध्यक्ष दाहालले जानकारी दिनु भयो । आजै दिउसो ४ वजे दमक ८कै कोरोनेशन होटल अगाडी भेला भएर घरदैलो गर्ने काम रहेको एमाले वडा कमिटी दमक ८ले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।