दमक, ९ फागुन । चुनाव आउने दिन नजिकिदै गएको छ । देशभर दल तथा उम्मेदवारहरु चुनावी मैदानमा छन् । देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढि चर्चीत झापा ५ । यहाँ किन चर्चा छ ? किनकी यहाँ विकासका नयाँ लहरहरु देख्न सकिन्छ । विकास गर्ने नेता यो चुनावि मैदानमा हुनुहुन्छ । २४ जना चुनावी मैदानमा रहदा यस क्षेत्रका नागरीक चाहि कस्ता प्रतिनिधी खोजीरहेका छन् ? सामाजीक सञ्जालमा मत परिवर्तको कुरा बढि आइरहदा भुगोलका मतदाता भने मत परिवर्तन भन्दा पनि अवस्थामा परिवर्तन ल्याउने नेताको खोजीमा रहेको प्रतिकृया दिएका छन् ।
झापाको गौरादह ५ बालुबथानकी इन्दिरा कार्की पहिलाका दुःखका दिन सम्झनु हुन्छ । र भन्नु हुन्छ पहिला सडक राम्रो थिएन । धुलो र हिलोले हिडिसक्नु भएको थिएन । तर अहिले बाटो बनेका छन् । खोलामा पुलहरु बनेका छन् । हामीलाई दुखबाट सुखमा ल्याइदिने प्रतिनिधीलाई रोज्ने उहाँको प्रतिकृया छ ।
उसो त यहा सडक र पुलको मात्रै समस्या थिएन । यहाँ नदि तटबन्धको समस्या पनि थियो । र अहिले पनि यो पूर्णरुपमा काम हुन सकेको छैन । नदि नियन्त्रणको काम पर्याप्त हुन नसक्दा बस्ति र घर खेत जोगाउन सँधै त्राहीमाम छ । त्यसलै बालुबथानका इन्द्र गौतम भन्नु हुन्छ यो पटकको मेरो भोट यस क्षेत्रमा नदि नियन्त्रण गरी बस्ति जागाइदिन सक्ने उम्मेदवारलाई हुने छ । उहाँका अनुसार यस अघी भएका र नदि नियन्त्रणका कामलाई निरन्तर्ता दिन सक्ने अव्वल उम्मेदवार रोज्ने गरी गाउँघरमा छलफल भइरहेको समेत छ ।
रतुवा गाउँ पसेर हरेक वर्खामा सास्ती दिन्छ । सास्तीले गाउँनै उठीबास पो लगाउने हो कि भन्ने चिन्ता यहाँका बासिन्दाको छ । त्यस कारण अव यो क्षेत्रको एउटै माग छ नदि नियन्त्रण गर्न सक्ने र बजेट ल्याएर काम गराउने क्षमता भएको नेता चाहियो । बस्ति जोगाएर गाउँ सुरक्षीत गर्न सक्नेलाई भोट दिने यस क्षेत्रका मतदाताको भनाई छ ।
यही ठाउँकी हुमा ढकाल यस क्षेत्रको समस्या क्रमश समाधान हुँदै गएको बताउनु हुन्छ । पहिला बाटो सुरक्षीत थिएन । पुल नहुदा आवत जावतमै समस्या हुन्थ्यो । अहिले बाटो र पुल बनेका छन् । परिवर्तन व्यक्ति हैन स्थितीको गराउनेलाई भोट दिने साथीसङ्गीसग सल्लाह हुने गरेको सुनाउनु भयो ।
बालुबथानका बासिन्दाका लागी यात्रामा सहज होस भन्न बाटो र पुल बनेका छन् । यसले गर्दा यहाँका किसानहरुले आफ्नो उत्पादन सजीलै बजार लैजान पाएका छन् । अव यहाँ रतुवा नदिमा तटबन्धन बन्ने हो भने यस क्षेत्रको मुख्य समस्या समाधान हुने र गाउँ बस्ति सुरक्षीत रहने भएकोले आगामी निर्वाचनमा रतुवामा बाँध्न सक्ने व्यक्तिलाईनै भोट दिने बताएका छन् ।









