झापा, ९ फागुन । झापाको पाँचवटा मतदान केन्द्रमा निर्वाचनका लागि महिला कर्मचारी मात्रै खटिने भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र राख्ने गरी तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताउनु भयो । ‘ हामी प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा मतदान केन्द्र महिला कर्मचारी मात्रै भएको व्यवस्था गर्न लागेका छौं’उहाँले भन्नु भयो । उहाँका अनुसार पाँचवटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारीसम्म सबै महिला खटाइने भएको छ ।
झापामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ हजार ३८० जना जनशक्ति परिचालन गरिने भएको निर्वाचन आयोग्ले जनाएको छ ।









