केपी शर्मा ओलीको आरोपः हार देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी अराजक र हिंसात्मक गतिविधिमा

झापा,९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी निर्वाचनमा आफ्नो हार सुनिश्चित देखेर हिंसात्मक र अराजक गतिविधिमा उत्रिएको आरोप लगाउनु भयो ।

 

शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले रास्वपाले चुनाव जित्ने कुनै आधार नदेखेपछि समाजमा तनाव बढाउने र अभद्र व्यवहार प्रदर्शन गर्ने बाटो रोजेको टिप्पणी गर्नु भएको छ ।

 

“रास्वपाले अब चुनाव जितिन्न भन्ने निष्कर्ष निकालेको जस्तो देखिन्छ,” ओलीले भन्नु भएको छ, “त्यसैको परिणाम स्वरुप उनीहरूले कतै झण्डा जलाउने त कतै अत्यन्तै अभद्र, अमर्यादित र अशोभनीय व्यवहार देखाएर तनाव सिर्जना गरिरहेका छन् ।”

 

अध्यक्ष ओलीले रास्वपाको पछिल्लो प्रवृत्ति ‘जिते चुनाव लड्ने, नजिते चुनावै हुन नदिने’ खालको रहेको दाबी गर्नु भएको छ । हारको डरले उनीहरू चुनावै भाँड्ने स्थितिमा पुगेको ओलीको भनाइ छ । उहाँले अगाडि थप्नु भएको छ, “आफ्नो पक्षमा नतिजा आउँदैन भन्ने लागेपछि चुनावै लड्न नदिने प्रवृत्ति उनीहरूमा देखिएको छ । पछिल्ला घटनाक्रम हेर्दा रास्वपा नियोजित रूपमै चुनाव भाँड्ने खेलमा लागेको स्पष्ट हुन्छ ।”

चुनाव कुनै बलजफ्ती गर्ने विषय नभएको उल्लेख गर्दै ओलीले रास्वपालाई लोकतान्त्रिक मूल्य–मान्यताभित्र बस्न सुझाव दिनु भएको छ । उहाँले मतदाताले कुनै पनि डर वा डिस्टर्बेन्सविना निर्भय वातावरणमा आफ्नो मत दिन पाउनुपर्ने र निर्वाचन प्रक्रिया स्वच्छ, शान्तिपूर्ण तथा धाँधलीरहित हुनुपर्नेमा जोड दिनु भएको छ ।

एमालेले सधैं निर्वाचनको पारदर्शिता र निष्पक्षताको वकालत गर्दै आएको भन्दै ओलीले चुनाव भाँड्न खोज्ने रास्वपाको अराजक गतिविधिले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी समेत दिनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा