न्याय अर्थपूर्ण हुनुपर्छ, ढिलाइले अर्थ रहँदैन : ओली

बिर्तामोड,९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद् विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले निर्वाचनपछि साधारण तारेख राख्नु व्यावहारिक रूपमा अर्थहीन भएको बताउनु भएको छ्।

 

भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सर्वोच्चले यत्रो ठूलो संवैधानिक प्रश्नमा समयमै फैसला गर्नुपर्ने भएपनि नगरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ।
उहाँले भन्नु भयो, ‘अब सर्वोच्च अदालत यत्रो संवैधानिक प्रश्नमा अल्झिएको छ, यो जटिलतामा फसेको बेला सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनुपर्दथ्यो। निर्वाचनपछि साधारण तारेख यस मुद्दा सम्बन्धी साधारण तारेख व्यावहारिक रूपमा अर्थहीन छ, प्रयोजनहीन छ। सैद्धान्तिक रूपमा भोलिका लागि सिद्धान्त प्रतिपादन होला, एउटा नजिर त बस्ला, जे बस्ला। तर न्याय अर्थपूर्ण हुनुपर्दछ।’

 

उहाँले निर्वाचनपछि सर्वोच्चको फैसला म्याद गुज्रिएको औषधिजस्तो हुने टिप्पणी गर्नु भएको छ। भदौ २३–२४ गते आगजनी, लुटपाट, तोडफोड, भयानक हिंसा, सार्वजनिक सम्पत्तिदेखि लिएर राज्यका प्रमुख अङ्गहरूका कार्यालयहरू, तिनका संरचनाहरू ध्वस्त गर्नेदेखि लिएर निजी संघसंस्था, औद्योगिक प्रतिष्ठान, व्यापारिक फर्महरूदेखि राजनीतिक दलका कार्यालय र लोकतान्त्रिक, देशभक्त राजनीतिक दलका नेता कार्यकर्ताका सार्वजनिक वा आफ्ना निजी सम्पत्तिहरू जलाउने काम भएको बताउनु भयो।

 

उहाँले थप्नु भयो, ‘यो अत्यन्तै आपराधिक मनोवृत्तिको, नेपाली समाजमा हुनै नहुने खालको काम भयो। दुःखलाग्दो कुरा, त्यति मानिसहरूको ज्यान गयो, अत्यन्तै दुःखद कुरा हो। यो एउटा दुःखद स्थिति भयो। अब त्यस स्थितिबाट देशको सार्वभौमसत्तालाई, स्वाधीनतालाई, स्वतन्त्रतालाई जोगाएर देशलाई राजनीतिक रूपले एउटा स्वतन्त्र राष्ट्रको रूपमा र आर्थिक हिसाबले आत्मनिर्भर राष्ट्रको रूपमा अगाडि जानै पर्छ, उभिनै पर्छ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।