सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ता बीच झडप

सुनसरी,९ फागुन। चुनाव हार्ने डरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अराजक गतिविधिमा उत्रिएको आरोप लागिरहेका बेला सुनसरी क्षेत्र नम्बर ४ मा रास्वपा कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच हिंसात्मक झडप भएको प्रहरीले जनाएको छ ।

 

शनिबार सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा रास्वपाका कार्यकर्ताहरूले अवरोध सिर्जना गरेपछि झडपको स्थिति बनेको हो ।बाटोमा रास्वपाका केही युवाहरूले कांग्रेसको टोलीलाई लक्षित गरी विवाद सुरु गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो ।

दुवै पक्षका कार्यकर्ताहरू बीच हात हालाहाल र कुटाकुट सुरु भएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । परिस्थिति असामान्य बन्दै गएपछि निर्वाचन सुरक्षामा खटिएको प्रहरी टोलीले लाठीचार्ज गरेर भीडलाई तितरबितर पारेको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशव थेवेका अनुसार कांग्रेसको भ्रातृ संगठन तरुण दल र रास्वपाका कार्यकर्ताहरू बीच झडप भएको हो ।

 

“छिमेकी नै रहेका दुई फरक राजनीतिक दलका कार्यकर्ताहरू बीच विवाद बढ्दै गएर झडपको अवस्था सिर्जना भयो, जसलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुपरेको छ,” एसपी थेवेले जानकारी दिनु भयो । अध्यक्ष केपी शर्मा ओलीले झापामा रास्वपाले चुनाव भाँड्न खोजेको र हिंसामा उत्रिएको भनी दिएको अभिव्यक्तिलाई सुनसरीको यो घटनाले थप पुष्ट्याइँ गरेको विश्लेषण गर्न थालिएको छ । चुनावी प्रतिस्पर्धामा कमजोर देखिन थालेपछि रास्वपाले विपक्षी दलका कार्यक्रमहरूमा अवरोध गर्ने र मुठभेड निम्त्याउने रणनीति लिएको दाबी गरिएको बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।