मदरल्याण्डद्धारा अभिभावक अभिमुखीकरण र २७ औ वार्षिक उत्सवमा देखियो यस्तो दृष्य

दमक, १० फागुन । प्रभावकारी अभिभावकत्व, शिक्षण सिकाइ प्रक्रिया र प्राथमिक तहका बालबालिकाको समग्र विकास कसरी गर्न सकिन्छ भन्नेबारेमा काठमाडौँबाट आउनु भएका मनोज पंडीतले अभिभावक तथा संरक्षकहरूलाई जानकारी गराउनु हुँदै ।

दमक ५ मा रहेको मदरल्याण्ड अग्रेजी बोर्डीङ स्कुलले आफ्नो बिद्यालयमा अध्ययन गर्ने विद्यार्थी मात्रै नभएर विद्यार्थीका अभिभावक तथा विद्यालयका सञ्चालक सहित शिक्षकहरुले सिक्नु पर्ने हुन्छ भनेर यसखालको कार्यक्रम आयोजना गरेको हो ।

विद्यार्थीहरुको सिकाईलाई प्रभाकारी बनाउन परियोजना केन्द्रित सिकाई प्रणाली बनाउने, गाउँ घर तथा कक्षा कोठा अनी , साथी तथा आफन्तबाटै सिक्ने कुराहरुलाई अधिकतम प्रयोग गराउने जस्ता उपाय र तरिका सिकाइएको थियो । यसमा विद्यार्थी, शिक्षक, विद्यालयको प्रशाषन, सञ्चालक अनी अभिभावकको भूमिका फरक फरक हुने र सबैले आफ्नो भूमिका निर्वाह गर्ने हो भने यसखालको सिकाईले परिणाम दिन सक्ने उपायकारेमा पण्डीतले जानकारी गराउनु भएको थियो ।
गत सोमबार विद्यालयमा यी सबै कुरा सुनेपछि अभिभावकको तर्फबाट बोल्दै अभिभावक हेमन्त न्यौपानेले भन्नु भयो यसरी परियोजनालाई आधार बनाएर सिकाउने हो भने बालबालिकाको सिकाईको क्षमता बढ्न सक्छ ।
आफ्नो नानीलाई अर्कै विद्यालयमा पढाएको र त्यहाँ कितावि कुरा मात्रै पढाएको पाइएपछि यस विद्यालयमा सारेको बताउँदै न्यौपाने भन्नु हुन्छ अहिले मेरी छोरीले आफ्नो काम, कर्तव्य मात्रै सिकेकी छैनन, अनुशासन र सस्कार समेत सिकिरहेकी छिन । यो सबै देन मदरल्याण्ड अग्रेजी बोर्डीङ स्कुलकै सिकाई रहेको उहाँको अनुभव छ ।

विद्यालयको २७ औ वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको दुई दिने कार्यक्रममा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य, गायन, संगीत तथा विभिन्न सृजनात्मक प्रस्तुतिमार्फत आफ्ना प्रतिभा देखाएका थिए।

विद्यालय र कारखाना बीचको सहकार्यमा आयोजना गरिएको विज्ञान प्रदर्शनी कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। साथै विद्यार्थीहरूले सञ्चालन गरेका खाद्य स्टलहरूले वातावरणलाई अझ जीवन्त बनाएको थियो।

अभिभावक तथा संरक्षकहरूको सक्रिय उपस्थितिले कार्यक्रमलाई अर्थपूर्ण र स्मरणीय बनाएको विद्यालयले जनाएको छ। यस्तै नर्सरी, एलकेजी र यूकेजी तहका बालबालिकाहरूका लागि विशेष कार्यक्रम आयोजना गरिएको थियो। पहिलो सत्रमा बालबालिकाहरूले गायन, नृत्य र नाटकमार्फत पाठ्यपुस्तकभन्दा बाहिरका आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए।

कार्यक्रमले विद्यार्थी, अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।