दमक,१० फागुन ।देशभरि चुनावको माहोल ताति रहेको छ। घोषणापत्र, वाचापत्र, वा प्रतिज्ञापत्रले नागरिकमा उत्साह ल्याएका छन्। शिक्षा र स्वास्थ्य निःशुल्क, सुत्केरी भत्ता, बेरोजगारी र गरिबी घटाउने प्रतिवद्धताहरूले सबैको ध्यान तानेको छ। चुनावी चिन्हहरूले पनि चर्चा पाएका छन्। सूर्य, रुख, तारा, घण्टी, साइकल, हलो, छाता, माटो—सबै आफ्नै संदेश बोकेर मतदाता समक्ष पुगेका छन्। तर नागरिक भन्छन्, भाषण र चमकले पेट भरिँदैन; आवश्यकता वास्तविक परिवर्तनको छ। विशेषज्ञहरू भन्छन्, अन्त तः सबैभन्दा शक्तिशाली चिन्ह भनेको मतपत्रमा लाग्ने कालो मसी हो। सही निर्णय नगरेसम्म, घोषणापत्रका सबै मिठा कुरा र चुनावी चिन्हका चमक केवल दृश्य आकर्षणमा सीमित रहन्छन्। देशभरि यो उत्साहबीच मतदाता तयारीमा छन्, र फागुन २१ को चुनावले निश्चित रूपमा भविष्यको दिशा तय गर्नेछ।

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग








