झापा,११ फागुन । झापा भ्रमणका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोलि मङगलबार पाँच ठाउँमा संबोधन गर्ने हुनु भएको छ ।
चन्द्रगढी , धुलावारी ,बिर्तामोड ,सुरुङ्गा र दमकमा उहाँले संबोधन गर्ने भएको निर्वाचन परिचालन सचिवालय झापाले बताएको छ । झापाको कार्यक्रम सकेर उहाँ भोलि नै इटहरी जाने हुनु भएको छ् । सभापति रविसंगै वरिष्ठ नेता बालेन शाह पनि रहने बताइएको छ ।









