अनुसन्धान जारी

मेचीराजमार्गमा दुर्घटनाः इलाममा एक जनाको घटना स्थलमै मृत्यु

इलाम, ११ फागुन । मेचीराजमार्ग अन्तर्गत इलामको सुर्योदय नगरपालिका–७ पाल्टाङ्गेमा सोमबार बिहान करिब ११ः३५ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिर्तामोडबाट इलामतर्फ आउँदै गरेको प्र१–०१–०१८ प १५२० नम्बरको मोटरसाइकल चालक झापा बिर्तामोड नगरपालिका–५ बस्ने करिब ३१ वर्षीय तिङ्कु साहुले ब्रेक लगाउने क्रममा पछाडि सवार सोही स्थानका करिब ५० वर्षीय मनोज चौधरी अचानक मोटरसाइकलबाट लडेका थिए। त्यस क्रममा विपरीत दिशाबाट जाँदै गरेको मे १ ख १९९८ नम्बरको ट्रकको पछाडिको चक्काले उनको टाउको किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

 

घटनापछि अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय पशुपतिनगर बाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको छ। उनको अवस्था बोल्न सक्ने रहेको प्रहरीले बताइएको छ।

ट्रक चालक पाँचथर हिलिहाङ गाउँपालिका–७ बस्ने करिब ३० वर्षीय हरी नारायण सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा