विश्वप्रकाश शर्माको प्रस्ताव : दमकमा केपी शर्मा ओली–बालेन शाह ‘लाइभ’ बहस गरौँ, गगन थापा म पठाउँछु

झापा,११ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले झापा–५ को दमकबाटै प्रधानमन्त्रीका प्रस्तावित दाबेदारबीच राष्ट्रिय बहस आयोजना गर्न प्रस्ताव गर्नु भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँग प्रत्यक्ष बहस गर्न कांग्रेस सभापति गगन थापालाई दमकमै पठाउन आफूहरू तयार रहेको शर्माले बताउनु भएको छ।

 

नेपाल प्रेस युनियन झापाले धुलाबारीमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले प्रधानमन्त्रीका प्रस्तावित दुई नेता दमकमै भएकाले राष्ट्रिय मिडियासहित ‘लाइभ’ बहस गरौँ भन्ने प्रस्ताव अघि सार्नु भएको छ। “दुईजना दाबेदारले जुन दिन र समय भन्नुहुन्छ, त्यही दिन सारा झापाली र राष्ट्रिय मिडिया राखेर खुला बहस गरौँ,” उहाँले भन्नु भयो, “गगन थापालाई कहिले पठाउने भन्ने जिम्मा मेरो।”

 

शर्माले चुनाव हुने वा नहुने विषयमा शंका उब्जाउने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तोकिएकै मितिमा निर्वाचन हुने दाबी गर्नु भएको छ । उहाँले चुनावअघि ‘राष्ट्रिय सहमति’को नाममा प्रक्रिया रोक्ने चर्चा फगत कुरा भएको टिप्पणी गर्नु भएको छ। काँग्रेस निर्वाचन परिचालन समितिका केन्द्रीय संयोजक समेत रहनु भएको उहाँले देश चुनावमय भइसकेकाले निर्वाचन प्रभावित पार्ने कुनै गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नु भएको छ।

 

फागुन २१ मै चुनाव हुनेमा आफूहरू ढुक्क रहेको उल्लेख गर्दै शर्माले कांग्रेस पहिलो पार्टी बन्ने दाबी दोहो¥याउनु भएको छ । “देश परिवर्तन खोजिरहेको छ, बदलिएको कांग्रेसले जनताको भावना बुझ्छ,” उहाँले भन्नु भयो, “परिवर्तनको एजेन्डा अब कांग्रेसको एजेन्डा हो।”

 

शर्माले निर्वाचनलाई उत्तेजना, आवेग र घृणाको मैदान नबनाउन सबै दल र मतदातालाई आग्रह गर्नु भएको छ। मत अभिव्यक्त गर्दा पनि संयम अपनाउनुपर्ने उहाँको भनाइ थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।