बहस अवरुद्ध

झापा–२ को पब्लिक डिबेट फेरि विवादित

झापा,१२ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको पब्लिक डिबेटमा फेरि विवाद भएको छ। हिजो बिर्तामोडमा झापा क्षेत्र नम्बर २ का उम्मेदवारहरू बीच प्रत्यक्ष संवाद कार्यक्रम चलिरहँदा बहस अवरुद्ध भएको हो। वीरता, सुरुङ्गा, बुधबारे र अर्जुनधारा जेसीजको संयुक्त आयोजनामा अतिथि सदनको सभाहलमा भएको बहसका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका बिर्तामोड नगर सचिव सृजन अधिकारीले कांग्रेस उम्मेदवार सरिता प्रसाईंप्रति आपत्तिजनक अभिव्यक्ति दिएपछि विवाद सुरु भएको थियो।

त्यसपछि कांग्रेस कार्यकर्ताले कडा प्रतिवाद गरे र केहीबेर भनाभन हुँदा कार्यक्रम नै भाँडिएको थियो। होहल्ला बढेपछि कार्यक्रम स्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटाइएपछि स्थिति नियन्त्रणमा आएको थियो। विवादका बीच राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका उम्मेदवार कार्यक्रम छाडेर बाहिरिएका थिए। पछि बाँकी उम्मेदवारहरूलाई सहभागी गराएर आयोजकले कार्यक्रम अघि बढाएका थिए। यसअघि गत बिहीवार पनि न्युज २४ले आयोजना गरेको यस्तै डिबेटमा झापा–२ मा विवाद भएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।