काठमाडौं,१२ फागुन। धादिङमा भएको बस दुर्घटनामा परेर घाइते भएका एकजना यात्रुको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ घर भएका ४५ वर्षीय घनश्याम सुवेदी रहेका छन् । उपचारको क्रममा उनको ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीले बताउनु भयो ।
फागुन ११ मा बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिको चरौदी नजिक ग.२ ख १४२१ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले कार्यदल बनाएको प्रहरीले जनाएको छ ।









