झापा चुनावी वाकयुद्ध : लामिछाने र घिमिरे भिडँदा माहोल तात्यो

झापा,१२ फागुन । चुनावी मैदानमा उत्रिनु भएका दुई चर्चित पात्र— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र निवर्तमान सभामुख देवराज घिमिरेबीच झापामा वाकयुद्ध सुरु भएको छ । लामिछानेले घिमिरेको कार्यकाललाई लिएर कटाक्ष गरेपछि घिमिरेले पनि ‘इँटाको जवाफ पत्थरले’ दिँदै लामिछानेको नैतिकता माथि नै गम्भीर प्रश्न उठाँउनु भएको छ् ।

 

झापामा आयोजित एक चुनावी कार्यक्रममा बोल्दै रवि लामिछानेले निवर्तमान सभामुख घिमिरेलाई ‘जनताको आवाज दबाउने’ पात्रको रूपमा चित्रण गर्नु भएको छ । उहाँले प्रश्न गर्नु भएको थियो, ‘जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ?’

आफूविरुद्ध विषवमन भएपछि मौन बस्नुको साटो घिमिरेले प्रेस नोटमार्फत लामिछानेमाथि कडा प्रतिवाद गर्नु भएको छ । उहाँले लामिछानेले सस्तो लोकप्रियताका लागि घृणा फैलाएको भन्दै आपत्ति जनाउनु भएको छ ।

 

घिमिरेले संसदीय अभ्यासको सामान्य जानकारी समेत नभएको व्यक्ति जसरी रवि प्रस्तुत भएको आरोप लगाउनु भएको छ । ‘माइक काट्ने वा काटिने विषय सभामुखको व्यक्तिगत सनक होइन, यो संसद्को नियमावली र पूर्वनिर्धारित समय अनुसार हुने प्राविधिक कुरा हो,’ घिमिरेले स्पष्ट पार्नु भएको छ, ‘संसद्को अभ्यास गरेर आउनुभएको व्यक्तिले यति कुरा नबुझ्नु उदेक लाग्दो छ ।’

उहाँले थपनु भएको छ्, ‘म मात्र होइन, उपसभामुख वा सभा सञ्चालन गर्ने अन्य सदस्यहरूले पनि समय सकिएपछि माइक काट्ने अभ्यास छ । यो संसद्को वेबसाइटमा गएर हेर्न सकिन्छ ।’

 

रवि लामिछानेले ‘कुन मुख लिएर भोट मागेको’ भन्दै प्रश्न गरेपछि घिमिरेले पनि त्यस्तै शैलीमा जवाफ फर्काउनु भएको छ् । घिमिरेले लामिछानेको सांसद पद गुमेको र कानूनी विवादलाई संकेत गर्दै कडा प्रहार गर्नु भएको छ।

उहाँले सोधनु भएको छ्, ‘रविजी, तपाईंलाई जवाफ दिँदै म पनि भन्न सक्छु— आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ?’

 

घिमिरेले लामिछानेले जनतालाई भावनामा बहकाएर अफवाह र लान्छानाको राजनीति गरेको आरोप लगाउनु भएको छ । व्यक्तिगत प्रतिशोध साँध्न र सहानुभूति बटुल्न अरूको मानमर्दन नगर्न उहाँले लामिछानेलाई चेतावनीसमेत दिनु भएको छ।

झापा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनु भएका घिमिरेले लोकतान्त्रिक प्रतिस्पर्धामा एजेण्डा लिएर आउन र घृणा फैलाउने काम बन्द गर्न अपिल गर्नु भएको छ । दुई नेताबीचको यो दोहोरीले झापाको चुनावी माहोल झनै तताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।