रास्वपाको झापा–५ सभामा बालेन नदेखिँदा आन्तरिक चर्चा

दमक,१२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने झापा क्षेत्र नम्बर ५ को दमकमा आयोजित चुनावी सभामा सहभागी हुँदा सोही क्षेत्रका उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने अनुपस्थित हुनु भएको छ्। आफ्नै निर्वाचन क्षेत्रमा सभापति आउँदा पनि बालेन उपस्थित नभएपछि रास्वपा भित्रको आन्तरिक समन्वयलाई लिएर विभिन्न टिकाटिप्पणी सुरु भएको छ।

मंगलबार बिहान झापा ओर्लिएका लामिछानेले चन्द्रगढीदेखि बिर्तामोड र दमकसम्मका आधा दर्जन कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो। पार्टीले वरिष्ठ नेताकै क्षेत्रमा सभापतिको विशेष सम्बोधन भनेर कार्यक्रम प्रचार गरे पनि बालेन भने अघिल्लो दिन नै इटहरी पुग्नु भएको थियो। बालेन इटहरी गएको विषयमा क्षेत्रीय समितिलाई समेत जानकारी नहुँदा कार्यकर्ताहरूमा अन्योल देखिएको थियो।

रास्वपा झापा–५ का नेताहरूका अनुसार वरिष्ठ नेता शाहको चुनावी कार्यक्रम उहाँको आफ्नै सचिवालयले तय गर्ने गर्दछ, जसमा स्थानीय पार्टी कमिटीको खासै भूमिका रहँदैन। क्षेत्रीय सभापति भेषराज भट्टराईले सचिवालयबाट प्राप्त कार्यतालिका अनुसार मात्रै पार्टी परिचालन हुने गरेको स्वीकार गर्नु भएको छ। रोचक पक्ष त के छ भने, झापा–५ मा प्रयोग गरिएका चुनावी पोस्टर र प्रचार सामग्रीमा सभापति रवि लामिछानेको तस्बिर समेत गायब छ। प्रचार सामग्रीमा उम्मेदवार बालेनको मात्रै फोटो राखिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा