पाँच डीएसपी खटाइए

झापा ५ मा कडा सुरक्षा : केपी शर्मा ओली र बालेन शाह उम्मेदवार क्षेत्र

झापा,१३ फागुन ।झापा ५ मा निर्वाचन सुरक्षालाई कडा बनाउँदै नेपाल प्रहरीले पाँच जना डीएसपी खटाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह उम्मेदवार रहेको यस क्षेत्रमा सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिइएको हो। इलाका प्रहरी कार्यालय दमकमा रहेको एक डीएसपीको दरबन्दी बाहेक गृह मन्त्रालयले थप चार जना डीएसपी पठाएको छ।

झापा ५ का सबै पालिकामा डीएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ। गौरीगञ्ज, गौरादह र कमलमा पनि डीएसपीकै नेतृत्वमा सुरक्षा व्यवस्था मिलाइएको छ। झापा ५ मा मात्रै दुई हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। यसअघि तैनाथ सुरक्षाकर्मीका अतिरिक्त कोशी प्रदेश प्रहरी कार्यालयबाट करिब सय जना प्रहरी ल्याइएको थियो भने केही दिनअघि चार जना डीएसपी सहित ठूलो संख्यामा प्रहरी गृह मन्त्रालयबाट खटाइएको छ।

झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार निर्वाचनलाई लक्षित गरी झापामा प्रहरी तीन गुणा थप गरिएको छ र निर्वाचन गराउन पर्याप्त सुरक्षा व्यवस्था रहेको छ। यसैबीच, झापामा थप एक जना एसपी आउने चर्चा भए पनि हालसम्म आइपुगेका छैनन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।