एमालेका अध्यक्षकेपी शर्मा ओलीको झापा–५ मा चुनावी घरदैलो तिव्र

दमक,१३ फागुन ।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नै गृहजिल्ला झापामा चुनावी घरदैलो र मतदाता भेटघाटमा व्यस्त हुँदै हुनुन्छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहनु भएका ओलीले आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने तालिका रहेको छ ।

 

बिहान ९ः३० बजे दमक–९ स्थित चिया दोकानमा पुगेर उहाँले स्थानीय मतदातासँग चिया पिउँदै मनका कुरा सुन्ने कार्यक्रम गर्नु भएको छ । नेता र जनताबीचको दूरी मेटाउन भन्दै उहाँले चिया पसलबाटै आजको अभियान सुरु गर्न भएको छ ।
दमकको कार्यक्रम सकिएलगत्तै ओली दक्षिणी क्षेत्र गौरीगञ्ज प्रस्थान गर्नु भएको छ । एमाले झापाका जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज विशेषगरी गौरीगञ्जमा केन्द्रित हुनु हुने छ् । त्यहाँ उहाँले लगातार ७ घण्टा लगाएर १२ वटा टोलका मतदातालाई भेट्ने कार्यतालिका रहेकोछ ।

 

बिहान ११ बजेदेखि सुरु हुने गौरीगञ्जको भेटघाट अभियान बेलुकी ५ बजेसम्म चल्नेछ । यस क्रममा उहाँले गौरीगञ्ज–५ का शैँयया टोल, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर र नयाँ बजारका मतदातासँग अन्तरक्रिया गर्नु हुने छ ।
गौरीगञ्ज–३ का बगुवातेलकानी, ठेकीटोला र तेलकानी टोलहरूमा पनि ओली पुग्नु हुने छ् । यस्तै, बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीमा समेत मतदाता भेटघाट कार्यक्रम राखिएको स्रोतले जनाएको छ ।

 

यसअघि पनि पटक–पटक आफ्नो क्षेत्रका मतदातासँग संवाद गरिसकनु भएका ओलीले आजको भेटमा मुख्यतया स्थानीय समस्या, विकासका आवश्यकता र मतदाताका गुनासाहरू सुन्ने बताइएको छ । मतदाताका समस्यालाई नजिकबाट बुझ्ने र ती समस्या समाधानका लागि ठोस प्रतिबद्धता जनाउने ओलीको लक्ष्य रहेको सचिव कार्कीले जानकारी दिनु भयो ।

निर्वाचनको मिति नजिकिँदै गर्दा एमाले अध्यक्ष ओलीले टोल–टोलमा पुगेर मतदातालाई रिझाउन थालेपछि झापा–५ को चुनावी सरगर्मी अझै बढेको देखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।