एमाले अध्यक्ष ओलीलाई मतदाताले भने, ‘हामी तपाईलाई भोट दिन्छौ, तपाईं हामीलाई विकास दिनुस् ’

गौरीगञ्ज,१३ फागुन, २०८२। झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त जाँदै नजाने बताएका छन् । बुधबार गौरीगञ्ज ५ को श्यामा टोली पुग्नु भएका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले आफुहरुले विगत देखिनै नेकपा एमालेलाई जिताउँदै आएको र यस पटक पनि जिताएरै छोड्ने अडानमा रहेको सुनाएका छन् ।

 

स्थानीय होवोदेवी राजवंशीले भन्नु भयो, ‘हामी त जुग देखि एमाले हो । सुर्यबाहेक अन्त भोट हालेकै छैन । यस पटक पनि सुर्यमै हाल्ने हो ।’ उहाँले यस क्षेत्रमा बाटो विस्तार गरि बिजुलीको सेवा सहज बनाई दिन ओली समक्ष आग्रह गर्नुभयो । यस्तै सोहि ठाउँका किरण गनगाईले बाटो, बिजुली केहि नभएको ठाउँमा ओलीलेनै विकास गर्नु भएको भन्दै बाँकि विकासको जिम्मा लगाउन पनि सुर्य मानै भोट हाल्ने बताउनुभयो ।

 

‘अरु कस्ले गर्छ र जिताउनु ?’ उहाँले भन्नुभयो, ‘जसले गर्छ, उसैलाई त हो भोट दिने ।’ रतुवा खोलाको तटबन्धन थप बलियो बनाउन जरुरी रहेको भन्दै अर्का स्थानीय सुकदेव सिंहले अब ओलीको जीत पछि यि काम पूरा हुने विश्वास व्यक्त गर्नुभयो । सिमावर्ती गौरीगञ्जको सो गाउँमा पुग्दा एमाले अध्यक्ष ओलीलाई राजवंशी, सन्थाल लगायतका आदिबासी समुदायका स्थानीयले हर्षउल्लास पूर्वक स्वागत गरेका थिए । काखे नानी च्यापेर आएका महिलाहरुले समेत ओलीसँग मातृभाषामा समेत साक्षातकार गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ