जनकपुर,१३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अव बन्द हुने बताउनु भएको छ ।बुधवार जनकपुरधाम स्थित जानकी मन्दिरको दर्शन गर्ने क्रममा समर्थकलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले कुनै एक क्षेत्रको नभई समग्र मुलुकको विकासको कुरा गर्ने भन्दै अव तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अव बन्द हुने बताउनु भएको हो ।
उहाँले सिङ्गो देश र मधेसलाई विभाजन गर्ने अथवा अलग गरेर राजनीति गर्ने युगलाई अन्त्य गर्न खोजेको उल्लेख गर्नु भएको छ । इमानदारी पूर्वक देशको कुरा गर्ने र जनताको एक एक मतलाई कदर गर्दै अघि बढ्ने धारणा राख्नु भएको छ ।
दशकौँ सम्म विभेद र अन्यायमा परेको मधेसलाई समेत प्राथमिकतामा राख्दै यहाँका धार्मिक पर्यटनलाई बढवा दिने गरी काम गरिने उहाँले बताउनु भयो ।लामिछानेले रास्वपाले अघिल्लो निर्वाचनमा सुशासनको कुरा गरे पनि विभेदको कुरा गर्न चूकेको भन्दै यस पटक विभेदको अन्त्यसँगै सुशासनको स्थापनाका लागि गम्भीर भएर लाग्ने उल्लेख गर्नु भएको छ ।









