एमाले अध्यक्ष ओलीलाई सिङ्गो गाउँ नै उपहार

गौरीगञ्ज,१३ फागुन, २०८२। झापाको गौरीगञ्जका मतदाताले एउटा गाउँनै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उपहार दिएको जनाएका छन् । बुधबार मतदातासँगको भेटका लागि गौरीगञ्ज ४ को बारसुदी टोल पुग्नु भएका पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीको हातबाट टिका लगाई एमालेमा प्रवेश गर्दै उनीहरुले अब यो गाउँनै एमाले र ओलीलाई जिम्मा लगाएको बताएका हुन् । यस गाउमा रहेका ४५० मतदाता मध्ये ४ सय जना एमाले प्रवेस गरेका हुन । बाकी ५० यश अघिनै एमाले रहेका थिए ।

 

एमालेमा प्रवेश गरे पछि स्थानीय अगुवा गयानन्द यादवले यहाँका कोहि पनि मतदाताले अब सुर्य बाहेक अन्यत्र मतदान नगर्ने र सवै एमालेको बिजयको पक्षमा लाग्ने भन्दै विश्वास दिलाउनु भयो । उहाँले भन्नुभयो, ‘अब यो गाउँनै तपाईलाई उपहार दिएका छौं, यो ठाउँमा के के विकास गर्ने, कस्तो बनाउने, हामीलाई के के सुविधा दिने अब सवै तपाईंको जिम्मा भयो ।’

ठुला सहर दमक तथा विराटनगर भन्दा टाढा रहेको यस क्षेत्रमा निर्माण भएको पक्कि हुलाकी राजमार्ग, पाडाजुङ्गी–गौरीगञ्ज सडकको विस्तार र कालोपत्रे, अन्य भित्री सडकहरुको पनि स्तरीकरण, विद्युत सेवाको उपलव्धता लगायतका कारण धेरै सुविधा प्राप्त भएको स्थानीय मन्दुदेवी यादवको भनाई छ । कृषि उपजलाई बजार सम्म लैजान, स्वास्थ्य उपचारका लागि अस्पताल जान, बिहान सहरमा गएर रोजगारी गरि साँझ घरैमा आई पुग्न अचेल सजिलो भएको स्थानीयले बताए । प्रवेश गर्ने मध्ये धेरै जसो रस्वपा परित्याग गरि एमाले प्रवेश गरेका हुन ।

आगामी प्रतिनिधी सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहनु भएका एमाले अध्यक्ष ओली केहि दिन यता आफ्नै गृहक्षेत्रमा व्यस्त रहनु भएको छ । ओली २०४८ सालको निर्वाचन देखिनै यहि निर्वाचन क्षेत्रबाट बिजयी हुँदै आउनु भएको छ ।
झापा क्षेत्र नम्बर ५ मा कमल गाउँपालिकाका सवै ७ वटा वडा, गौरादह नगरपालिकाको ८ वटा वडा, गौरीगञ्ज गाउँपालिकाको ४ वटा वडा र दमक नगरपालिकाका सवै १० वटै वडा पर्दछन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओली छैटौंपटक यस क्षेत्रबाट निर्वाचित हुँदा ५२ हजार ३ सय १९ मत प्राप्त गर्नु भएको थियो ।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रमा १ लाख ५४ हजार २ सय ८९ मतदाता रहेका थिए । यस पटक सो संख्या बढेर १ लाख ६३ हजार ३ सय ७९ पुगेको छ । अघिल्लो पटकको निर्वाचनभन्दा यसपटक ९ हजार ९० जना नयाँ मतदाता थपिएका हुन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ