झापा, १४ फागुन । जेनजी आन्दोलनका बेला लुटिएको थप म्यागजिन र गोली भेटिएको छ ।
हिजो बुधबार साँझ ५ बजे इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी जवान रमानन्द कुमार ठाकुरले इलका प्रहरी र्कायलय दमकको पछाडीपट्टि पर्खालको फेदमा सरसफाइ गर्ने क्रममा इन्सासको म्यागजिन थान १ र ३ राउण्ड गोली फेला पारेको प्रहरीले जनाएको छ।उक्त म्यागजिन र राउण्ड इलका प्रहरी र्कायलय दमकबाटै गत भदौ२४गते जेनजी आन्दोलनमा लुटिएको खुल्न आएको प्रहरीले जनाएको छ ।









