निर्वाचन

“फागुन २१ को चुनावअघि जाँडरक्सी बिक्री–पिउन रोक”

आउँदो फागुन १८ गते सोमवार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार निषेध हुने

काठमाण्डौ,१४ फागुन। आउँदो फागुन २१ गते हुने चुनावका लागि जाँडरक्सी बिक्री र वितरण तथा पिउन प्रतिबन्ध लागेको स्रोतले जनाएको छ । मतदानको मितिभन्दा सात दिन अगाडि देखि चुनावको अन्तिम परिणाम घोषणा नभएसम्म जाँडरक्सी पदार्थ बिक्री–वितरण तथा पिउन प्रतिबन्ध लगाउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्णय गरेअनुसार यो नियम आजदेखि लागू भएको छ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार आउँदो १८ गते सोमवार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार निषेध हुने स्रोतले जनाएको छ । यस अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको हो।

मतदानको दिनमा अत्यावश्यक सेवाका गाडी, कूटनीतिक नियोगका गाडी र पास प्राप्त गरेका गाडीबाहेक अरु सार्वजनिक तथा निजी गाडीहरू सञ्चालनमा रोक लाग्ने भएको छ । यो निर्णय फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान नसकिएसम्मका लागि लागू हुने निर्वाचन आयोगले बताएको छ ।

अत्यावश्यक सेवाका गाडीमा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका गाडी, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने गाडी रहेका छन् ।

मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू यथावत सञ्चालनको व्यवस्था मिलाउन, अन्तर्राष्ट्रिय र आन्तरिक तर्फका हवाई उडानका लागि टिकट भएका यात्रुहरूलाई विमानस्थल देखि घर र बसोबास गर्ने होटलसम्म तथा घर र बसोबास गर्ने होटलदेखि विमानस्थल सम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको गाडी प्रयोग गर्न दिने व्यवस्था मिलाउन पनि आयोगले सम्बन्धित निकायलाई भनेको स्रोतले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो