सुप्रिम सहकारी पीडितको व्यथा : रकम फिर्ता मागे सामाजिक बहिस्कारमा पर्ने डर

बुटवल,१४ फागुन । बुटवलको सुप्रिम सहकारी पीडितहरु यति शिथिल भएका छन् कि, अब रकम फिर्ता माग्यो भने सामाजिक बहिस्कारमा पर्ने डरले खुलेर बोल्न चाहँदैनन् । बुटवलका एक जना जल्दाबन्दा व्यवसायी जसले सुप्रिम सहकारीमा बचत गरेको ३५ लाख बढी रकम गुमाउनु पर्यो । तर उनले अचेल उक्त विषयमा बोल्न चाहँदैनन् ।

 

‘धेरै नेता गुहारियो, सरकारलाई गुहारियो, बोलेर थाकियो अब शान्त बस्नुनै ठिक ।’–सहकारी गठीमा परीरेका ति व्यवसायीले सञ्चारकर्मीहरुसँग समेत अनकनाउँदै भने, ‘अहिले त आफूले पाउनु पर्ने सहकारीको रकम माग्न पनि सामाजिक बहिस्कारमा पर्ने हो कि भन्ने डर पो छ, त्यसैले मेरो नाम उल्लेख नगर्नुहोला ।’ बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको मुद्दामा सहकारीका अध्यक्ष ओम गुरुङ अहिले भैरहवास्थित कारागारमा छन् भने उक्त मुद्दामा मुसिएका रवि लामिछाने चुनावमा भोट माग्दै पूर्व–पश्चिम देश दौडाहामा व्यस्त छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेसँग जोडिएको सुप्रिम सहकारीका पीडितले यस बारेमा सामाजिक सञ्जालमा केही लेखे वा बोलेमा सिङ्गो समाजनै उनीहरुमाथि खनिने डरले प्राय बोल्न चाहँदैनन् ।

 

बुटवलमा गठन भएको सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चिर्वाचनमा उम्मेदवार भएका हरेक नेताहरुलाई ध्यानाकर्षण गराइएको छ । सहकारीको रकम फिर्ता माग्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली काँग्रेसका नेता चुन्नप्रसाद पौडेल, एमाले नेता बासुदेव घिमिरे, राप्रपाका उम्मेदवार गौरव बोहोरा, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विश्वदिप पाण्डेय लगायतका नेताहरुलाई समितिले ध्यानाकर्षण पत्र बुझाईसकेको छ । यति मात्र होइन सहकारी ठगी मुद्दामा जोडिएका रवि लामिछानेको पार्टी रास्वपाका तर्फबाट रुपन्देहीमा उम्मेदवार बनेका सुलभ खरेल, लेखजंग थापा लगायतलाई समेत समितिले ध्यानाकर्षण पत्र बुझाएको नेपाल बताउँछन् । सहकारीको रकम फिर्ताको विषयमा रास्वपा उम्मेदवार खरेलले अहिले फागुन २१ सम्म निर्वाचनमा व्यस्त भएको र त्यसपछि मात्रै पहल गर्ने टालटुले जवाफ दिएर पीडितहरुलाई फर्काएका छन् ।

 

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले २ करोड ७४ लाख ८४ हजार विगो दाखिल गरेर अहिले बाहिर रहेका छन् । यद्यपी मुद्दाको छिनोफानो लाग्नैछ । रविविरुद्ध कास्की, काठमाडौं, चितवन र पर्सा जिल्ला अदालतमा पनि सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा विचाराधीन नै छन्।

तिलोत्तमाको शंकरनगर बस्ने ५५ वर्षीय भेषराज पौडेलले आफूसहित परिवारका ४ जनाले गरेको बचत सहकारीमै विलय भएपछि बचत फिर्ता पाउने आशा करिव सकिएको गुनासो गर्छन । रोजगारका लागि भारतमा गएर जीवनभर कमाएको रकम उनले सहकारीमा बचत गरेका थिए । हाल सेवानिवृत्त जीवन बिताइरहेका उनले परिवारका अन्य ३ सहित ३३ लाख बढी रकम सहकारीमा जम्मा गरेका थिए । ‘सहकारीको रकम फिर्ता गराउनका लागि रास्वपा उम्मेदवार सुलभ खरेलाई पनि भेटेर भनियो । उहाँले त उल्टै आश्चार्य मानेजस्तो, डराए जस्तो कुरा गरेर टाढिनु भयो ।’–पौडेलले भने, आखिर हामीले जीवनभर खाइनखाई बचत गरेको पैसा पाउने आशा गुमिसक्यो ।

 

तिलोत्तमाको ड्राइभरटोलमा डेरी व्यवसाय गरेर बसेकी विमला श्रमाले सहकारीमा बचत गरेको ४२ लाख बढी रकम फिर्ता पाएकी छैनन् । रकम फिर्ता माग्दै विभिन्न आन्दोलन तथा विरोध कार्यक्रममा सहभागी भए पनि फिर्ता हुनै कुनै संकेत नदेखिएको गुनासो गर्दै उनले अब पनि न्याय पाउनेमा आशा मरिसकेको निराशाा सुनाइन् ।

सुप्रिम सहकारी गठी प्रकरणमा लाखौं रकम गुमाएका बचतकर्ता अहिले उक्त विषयमा खुलेर बोल्न पनि चाहाँदैनन् । मुलुक प्रतिनिधिसभा निर्वाचनमा होमिएको छ । दल तथा दलका नेताहरुको आ–आफ्नै चुनावी प्रतिवद्धताहरु छन्, तर सहकारी पीडितहरुको माग पुरा गर्ने संकेत भने कसैले नदेखाएको उनीहरुको गुनासो छ । सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ती नै राजनीतिक शक्तिको आडमा भोट माग्दै हिँड्दा उनीहरु विरुद्ध बोले उल्टै सामाजिक बहिस्कारमा पर्ने पीडितहरुको डर छ । सामाजिक सञ्जालहरुमा आउने अभद्र र अश्लिल गालीगलोजको डरले पनि उनीहरु अचेल खुलेर बोल्न रुचाउँदैनन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।