झापामा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता सम्बन्धी अभिमुखीकरण सम्पन्न

झापा,१४ फागुन। नेपाल पत्रकार महासंघ झापाको आयोजनामा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम विहीबार भद्रपुरमा सम्पन्न भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्यमा भएको कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा हो।

प्रेस क्लव भद्रपुरको सभाकक्षमा आयोजित कार्यक्रममा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता अभिमुखीकरणको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका निवर्तमान उपाध्यक्ष केशव भट्टराई र पत्रकार गणेशमान मुखियाले गर्नु भएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गोविन्दचन्द्र क्षेत्री र चिन्तामणि दाहाल, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदिप परियार, सञ्चारिका समूह नेपाल झापाकी अध्यक्ष लीला अनमोल लगायतले सुझाव तथा मन्तव्य व्यक्त गर्नु भएको छ।

उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागत मन्तव्य , उपाध्यक्ष विनिसा गौतमले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गर्नु भएको थियो।
नेपाल प्रेस युनियन झापाका उपाध्यक्ष इश्वर अधिकारी, प्रेस क्लव भद्रपुरका अध्यक्ष राजबाबु शंकर, ग्रामीण प्रेस क्लव झापाका अध्यक्ष नेत्रविक्रम बिमली, अग्रज पत्रकार गोपाल गिरी, रासस झापाका कार्यालय प्रमुख दिपक चन्द लगायतको आतिथ्य रहेको अभिमुखीकरणमा जिल्लाका सक्रिय ४० पत्रकारको सहभागिता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।