झापा प्रहरीद्धारा उमेद्धवार–सम्बन्धित २६२ वटा प्रचार टि–सर्ट जफत

झापा, १५ फागुन । होलीका लागि बिक्री गर्न राखिएको निर्वाचनलाई प्रभावित पार्ने खालका बालेन अंकित २६२ वटा टि–सर्ट प्रहरीले जफत गरेको जनाएको छ । बिर्तामोड , मेचीनगर , दमक र बुद्धशान्ति क्षेत्रका पसलबाट ती टि–सर्ट बरामद गरी जफत गरिएका छन् । हिजो दिउँसो बिर्तामोडबाट सबैभन्दा बढी १५५ वटा टि–सर्ट बरामद भएको हो ।

दिउँसो ३;१५बजे बिर्तामोड ५कृषिथोक चोक छेउबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक रुपेश राईको नेतृत्वमा खटिएको टोलीले होलीलाई लक्षित गरी राखिएको“अब कि बार, बालेन सरकार”, “यसपालिको होली बालेनसँग”लेखिएको टि–सर्टहरु ८७ थान जफत गरेको थियो । सोनु चौधरीले संचालन गरेको सनाया कलेक्सनबाट २८ थान,गुण्डु साहले संचालन गरेको दुर्गा इन्टरप्राईजेजबाट १४थान,पुजा साहले संचालन गरेको निकिता भेराइटिजबाट ४१थान,बिनोद साहले संचालन गरेको मामा कलेक्सनबाट ४थान टिसर्ट बरामद भएको प्रहरीले जनाएको छ ।

त्यसपछि दिउँसो ४.३० बजे प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक सुशान्त पौडेलको कमाण्डमा खटिएको टोलीले बिर्ताबजार हाटका ५वटा पसलबाट ६८थान टि–सर्ट बरामद गरेको हो। बिर्तामोड ५बस्ने अरुण साहको पसलबाट ५७ थान , बिर्तामोड ३बस्ने गणेश दत्तको पसलबाट ४ थान , सोही ठाउँ बस्ने अभि दत्तको पसलबाट २ थान ,रंजित महतोको पसलबाट ४थान र रणकुमार साहको पसलबाट १थान टि–सर्ट बरामद भएको हो ।

त्यस्तै मेचीनगर ६काँकरभिट्टास्थित बजार क्षेत्रमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी निरीक्षक बीरेन्द्र कोईरालाको टोलीले ४३ थान टि–सर्ट बरामद गरेको हो। मेचीनगर ६स्थित खनाल स्टोर्सबाट ३३ थान , मेचीनगर ६स्थित छिरीङ स्टोरबाट १० थान , मेचीनगर ६ स्थित मंगल स्टोरबाट ४ थान टि–सर्ट बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै मेचीनगर –१० धुलाबारी बजारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक नकुलराज गौतमको कमाण्डमा खटिएको टोलीले १७थान टि–सर्ट जफत गरेको हो ।

त्यस्तै दमक १ नगरपालिका छेउबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सन्तोषकुमार साहले संचालन गरेको सन्तोष रेडिमेड पसलबाट २० थान र दमक ६स्थित पूर्णप्रसाद भण्डारीले संचालन गरेको कृष्ण भेराईटीबाट एक थान गरी २१ थान टि–सर्ट जफत गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै बुद्धशान्ति वडा न.–३ बुधबारे बजारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायव निरीक्षक चन्द्रबहादुर राउतको कमाण्डमा खटिएको टोलीले २६ थान टि–सर्ट बरामद गरेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ