झापा–५ ‘हाई अलर्ट’ : २ हजार बढी सुरक्षाकर्मी परिचालन

झापा, १५ फागुन । निर्वाचनको ‘इपिसेन्टर’ बनेको झापा ५ मा सुरक्षा निकायले बढी फोकस गरेको प्रहरीले जनाएको छ । सुरक्षा समन्वयका लागि बुधबारदेखि एसएसपी पनि खटाइएको छ। झापा र इलाम जिल्लामा समन्वय गर्ने गरी एसएसपी गोविन्द अधिकारीलाई प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार खटाइएको छ। एसएसपी अधिकारी कोशी प्रदेश तालिम केन्द्र, विराटनगरमा कार्यरत हुनुन्छ। प्रतिदिनसंगै कुरा गर्दै एसएसपी अधिकारीले आफूले सबै निर्वाचन क्षेत्रमा चुनावको तयारीका बारेमा अनुगमन र समन्वय गर्ने बताउनु भयो । उहाँले सुरक्षा निकायको बढी फोकस झापा ५ मा रहेको जानकारी दिनु भयो । उहाँ अनुगमन तथा समन्वयका लागि भोलि झापा आउँदै हुनुन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बीचको प्रतिस्पर्धाका कारण चर्चित झापा–५ लाई सुरक्षा दृष्टिले ‘हाई अलर्ट’ मा राखिएको हो । राजनीतिक रूपमा मात्र होइन, सुरक्षा रणनीतिक हिसाबले पनि यो क्षेत्र देशकै सबैभन्दा संवेदनशील निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ । सुरक्षा संवेदनशीलताको विश्लेषण गरी झापामा डिएसपी र इन्स्पेक्टर सहित थप मद्दतका लागि ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

 

झापा जिल्लाको नियमित कमान्ड एसपी बसुन्धरा खड्काले गर्दै आउनु भएको छ्। उच्च संवेदनशीलताको मूल्यांकनपछि नेपाल प्रहरीले झापा–५ मा पाँच जना प्रहरी नायव उपरीक्षक (डीएसपी) परिचालन गरेको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले जानकारी दिनु भयो । हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टा, बिर्तामोड, दमक र जिल्ला प्रहरी कार्यालयमा डीएसपीको दरबन्दी रहेको छ ।

 

आसन्न निर्वाचनलाई मध्यनजर गर्दै झापा–५ अन्तर्गतका गौरीगञ्ज, गौरादह र कमल गाउँपालिकालाई समेत डीएसपी नेतृत्वमा विशेष सुरक्षा घेराभित्र राखिएको हो । डीआईजी घिमिरेका अनुसार झापा–५ मा मात्रै दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

करोडौँ ठगी आरोपमा फरार बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ

धरान,२ मंसिर । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा)पक्राउ पर्नु भएको छ । बचतकर्ताको बचत हिनामिना गरेर लामो समयदेखि फरार

दमकमा चलिरहेको आदिवासी जनजाती महोत्सव कस्तो? के भन्छन हेर्न जाने दर्शक ?

दमक, २ मंसीर । रातको समय । मंसीर महिना लागीसक्यो । चिसो हावा चलीरहेको थियो । त्यसमाथी रतुवा नदिको किनार । चीसोको सिरेटो नचल्ने कुरै

जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन

दमक, मंसिर २ । जन्मदिनको अवसरमा हुने फजुल खर्च कटौती गर्दै दमकमा एक परिवारले मानव सेवा आश्रममा रहेका अशक्त तथा असहायलाई भोजन गराएको छ।दमक–६ निवासी

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेला बीच आसन्न भारत भ्रमणबारे छलफल

काठमाडौं,२ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्नु भएको छ।प्रधानमन्त्रीको आसन्न भारत

अध्यक्ष ओलीद्वारा सरकारको दमनविरुद्ध प्रतिरोधमा उत्रिन कार्यकर्तालाई निर्देशन

काठमाडौं ,२ मंसिर। नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।आज

एमाले विकासको नायक हो : केपी ओली

काठमाडौ २ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेकपा एमाले विकासको नायक रहेको बताउनु भएको छ । एमालेको राष्ट्रियभेलालाई सम्बोधन गर्दै उहाँले भन्नु

अस्ट्रेलियाको क्रिसमस टापुमा रातो गंगटाको वार्षिक बसाइँसराइ सुरु

क्रिस्मस् (आईल्याण्ड),२ मंसिर । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै