मुस्लिम अगुवाहरुसँग एमाले अध्यक्ष ओलीको भेट

दमक १५ फागुन, २०८२। चुनाव नजिकिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ का विभिन्न टोलमा पुगेर मतदातहरुसँग भेट गरि रहनु भएको छ । यसै क्रममा शुक्रबार उहाँ गौरादह ४ को खाङ्टा पुग्दा स्थानीय मुस्लिम समुदायका अगुवाहरुले मदरसा सम्म पुग्ने सडक निर्माण गरि दिन तथा जन्मसिद्ध नागरिकता वितरणलाई सहज बनाई दिन माग गर्नु भएको थियो ।

उहाँ गौरादका मियाटोली, दुर्गाचोक, मजुवा लगयातका बस्तिहरुमा पुगेर मतदाताहरुसँग भेटघाट गर्नु भएको हो । उम्मेद्वारहरुको यस प्रकारको टोल–टोलमा पुगेर गरिएको प्रत्यक्ष भेटघाटले चुनावी माहोललाई थप तातो बनाएको छ भने कार्यकर्ताहरू पनि उत्साहित देखिएका छन् ।

चुनाव नजिकिँदै जाँदा ओली यतिबेला आफ्नै गृहजिल्ला झापा जिल्ला को क्षेत्र नं. ५ मा सक्रिय रहनु भएको हो । ठुला सभाहरु भन्दा उहाँ गाउँ–टोल केन्द्रित चुनावी भेटघाटलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवादमा जुट्नु भएको हो । क्षेत्र नं. ५ अन्तर्गतका विभिन्न बस्ती, टोल र चोकहरूमा पुगेर उहाँले स्थानीय बासिन्दासँग संवाद गर्दै आउनु भएको छ ।
घरदैलो कार्यक्रममार्फत अध्यक्ष ओलीले मतदाताहरुसँग भेटघाट गर्दै उनीहरूको गुनासा र सुझावसमेत लिई रहनु भएको छ । शुक्रबार ओली गौरादहका विभिन्न बस्तिहरुमा पुग्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ