झापा ५ मा सुरक्षा निकायले बढी फोकस

झापा ५ ‘हाई अलर्ट’

राजनीतिक रूपमा मात्र होइन, सुरक्षा रणनीतिक हिसाबले पनि यो क्षेत्र देशकै सबैभन्दा संवेदनशील निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ ।

 

दमक, १६ फागुन । निर्वाचनको ‘इपिसेन्टर’ बनेको झापा ५ मा सुरक्षा निकायले बढी फोकस गरेको छ ।

सुरक्षा समन्वयका लागि बुधबारदेखि एसएसपी पनि खटाइएको छ। झापा र इलाम जिल्लामा समन्वय गर्ने गरी एसएसपी गोविन्द अधिकारीलाई प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार खटाइएको हो ।

 

एसएसपी अधिकारी कोशी प्रदेश तालिम केन्द्र, विराटनगरमा कार्यरत छन्। एसएसपी अधिकारीले आफूले सबै निर्वाचन क्षेत्रमा चुनावको तयारीका बारेमा अनुगमन र समन्वय गर्ने बताए । उनले सुरक्षा निकायको बढी फोकस झापा ५ मा रहेको जानकारी दिए । उनी अनुगमन तथा समन्वयका लागि आज झापा आउँदैछन् ।

 

एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बीचको प्रतिस्पर्धाका कारण चर्चित झापा–५ लाई सुरक्षा दृष्टिले ‘हाई अलर्ट’ मा राखिएको छ । राजनीतिक रूपमा मात्र होइन, सुरक्षा रणनीतिक हिसाबले पनि यो क्षेत्र देशकै सबैभन्दा संवेदनशील निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ ।

 

सुरक्षा संवेदनशीलताको विश्लेषण गरी झापामा डिएसपी र इन्स्पेक्टरसहित थप मद्दतका लागि ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको हो।झापा जिल्लाको नियमित कमान्ड एसपी बसुन्धरा खड्काले गर्दै आउनु भएको छ । उच्च संवेदनशीलताको मूल्यांकनपछि नेपाल प्रहरीले झापा–५ मा पाँच जना प्रहरी नायव उपरीक्षक (डीएसपी) परिचालन गरेको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले जानकारी दिनभयो ।

 

हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टा, बिर्तामोड, दमक र जिल्ला प्रहरी कार्यालयमा डीएसपीको दरबन्दी रहेको छ ।

 

आसन्न निर्वाचनलाई मध्यनजर गर्दै झापा–५ अन्तर्गतका गौरीगञ्ज, गौरादह र कमल गाउँपालिकालाई समेत डीएसपी नेतृत्वमा विशेष सुरक्षा घेराभित्र राखिएको छ । डीआईजी घिमिरेका अनुसार झापा–५ मा मात्रै दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तस्बिर : ए आई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।